भारतको गोवामा यतिबेला पूनम पाण्डेले माहौल निकै तात्तिएको छ । उनीविरुद्ध गोवा फरवर्ड पार्टीकी महिला विंगले एफआइआर दर्ता गरेका छन् । पूनम हालै गोवाबाट सुटिङ गरेर मुम्बई फर्केकी छिन् । अब उनीमाथि चपोली ड्याममा अश्लील भिडियो सुट गरेको आरोप लागेको छ ।

एएनआईका अनुसार नायिका पूनम पाण्डेको अश्लिल भिडियोको सुटिङका लागि केनाकोना पुलिस स्टेशनमा एक अज्ञात व्यक्तिविरुद्ध एफआईआर दर्ता गरिएको छ । साथै, गोवा फरवर्ड पार्टीको वुमेन विंगले पूनम पाण्डेविरुद्ध चपोली ड्याममा अश्लिल भिडियो सुट गरेका कारण ऊजुरी दर्ता गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विवाहका कारण चर्चामा रहिन् पूनम पाण्डेः

https://twitter.com/ANI/status/1323829501164363777?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1323829501164363777%7Ctwgr%5Eshare_3&ref_url=https%3A%2F%2Fratopati.com%2Fstory%2F153490%2F2020%2F11%2F4%2Fcomplaint-has-been-filed-against-poonam-pandey

पूनम पाण्डे सेप्टेम्बरमा आफ्नो विवाहका लागि चर्चामा आएकी थिइन् । उनले आफ्ना प्रेमी स्याम बम्बेसँग विवाह गरेकी थिइन् । विवाहको केही दिन पछि पूनम पाण्डेले श्रीमानमाथि कुटपिटको आरोप लगाएकी थिइन् । एफआईआरसमेत दर्ता गराएकी थिइन् । त्यसको केही समयपछि पूनमले श्रीमानसँगको फोटो र भिडियो सेयर गरेर अब सबै कुरा ठिक भइसकेको बताइन् ।