नेपाली कथानक चलचित्र तारेभिरको प्रमोसनमा चलचित्रको युनिट देश दौडाहमा रहेको छ । चलचित्र चल्नु अघि नै तारेभिरको चर्चा चुलिदै गएपछि यसबाट निर्मातादेखि लिएर निर्देशकसम्म र कलाकारहरु समेत आशाबादी बन्न थालेकाछन् ।
निर्माता तथा कलाकार देउकृष्ण देवानले निर्माण गरेको चलचित्र देशभरका हलहरुमा एकसाथ असार २ गतेबाट प्रदर्शनमा आउँदैछ । यस चलचित्रलाइ राष्ट्रिय भावानामा ओतप्रोत र राष्ट्रसेवक प्रहरीको भूमिकालाइ देखाइएको चलचित्र टिमले जनाएको छ ।
नेक्स्ट जेनेरेशन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रेम सुब्बाको कथा र निर्देशन रहेको छ । उनि पुराना कलाकार तथा निर्देशक हुन् । महिला कलाकारहरुलाइ मूख्य भूमिकामा देखाइएको छ ।
प्रेम सुब्बाले चलचित्र हलमा आएर हेर्दा कसैले पनि समय गएको पत्तो नपाउने बताए । उनले चलचित्र चल्नु अघि नै चलचित्रको बिषयमा जून सद्भाव र चासो बाहिर प्रकट भएको छ यसले उत्साहित भएको बताए ।
चलचित्रमा शशक्त भूमिकामा रहेकी मोडल समेत रेहकी रेखा फागो पनि चलचित्रमा आकर्षणको पात्र रहेकीछन् । उनलाइ यो चलचित्रपछि अन्य चलचित्रहरुको समेत अफर आइरहेको बताइन्छ । उनले यस चलचित्रमा खेलेको भूमिकाका आधारमा नै उनलाइ अफर आउन थालेको हो ।
यस्तै जनक गुरुङको द्वन्द, रामप्रसाद चौधरीको सम्पादनमा निर्मित उक्त चलचित्रमा बिष्णु चेम्जोङ, नबिन कार्की, रेखा फागो, रमेश सिङ, प्रेम सुब्बा, डिके देवान, मन्जु श्रेष्ठ, रन्जिता राना, दिपेश श्रेष्ठ र अजय कुमार माझी लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रमा संगीत भने प्रकाश गुरुङ, सनुप पौडेल र ब्रबिम शेर्पाको रहेको छ ।



