एजेन्सी । बलिउड बहुचर्चित सफल चलचित्र ‘दंगल’ मा अभिनय गरेकी नायिका फातिमा सना शेख अहिले अर्को चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ मा पनि अनुवन्धित भएको खबर अहिले चर्चामा छ। यस चलचित्रमा पनि उनिसँगै सुपरस्टार आमिर खान अभिनय गर्ने छन् ।
‘दंगल’ मा त हामिले शेखलाई कुश्ती लडेको देखेका थियौँ । तर अहिले उनले जुन तस्बिरहरु इन्स्टाग्राममा सेयर गरेकी छिन् ति तस्बिर देखेर तपाई दङ्ग पर्नुहुनेछ।
सनाले जीक्यू इन्डियाको जून एडिशनको लागि फोटोशूट गराएकी छन् जसमा उनि काले स्विमसूटमा नजर आएकी छिन। पहिलो पटक उनको हट अवतार अब दर्शकले हेर्न पाउने भएका हुन् । यस भन्दा अघि पनि सनाले ‘फेमिना’ म्यागेजिनको लागि पनि फोटोशूट गरिसकेकी छिन, जसमा उनि बेहुलीको रुपमा देखिएकी छिन।
सना, आमिरसँगै ‘दंगल’ मा सनाले अमिरको छोरीको भूमिका गरेकी थिईन। र यसपटक ‘ठग्स अफ हिन्दुस्तान’ मा पनि आमिरले नै उनलाई काम मिलाईदिएका हुन् भन्ने खबरहरु बहिरिएका छन् । तर किरण रावले भने उनले अडिशन दिएर छनौट भएपछी मात्र उनलाई फिल्ममा साइन गराएको बताए।




