प्रेम गर्नेहरुले विभिन्न सास्ती खेप्नुपर्छ । अभिभावक, समाज र आफन्तबाट छुपेर प्रेम गर्नु पक्कै पनि चूनौतपूर्ण छ । यस्तै समस्यालाई मध्यनजर गरेर अब प्रेमी जोडीहरुको लागि सरकारले नै कोठा उपलब्ध गराउने भएको छ । तर यस्तो व्यवस्था नेपालमा नभइ क्यूवाको राजधानी हवानामा लागू हुन लागेको हो ।
प्रशानको भनाइ छ कि क्यूबाको राजधानी हवानामा ती होटेलका नेटवर्कहरुलाई पुनः सक्रिय बनाउन लागिएको छ, जसमार्फत प्रेमीहरुले केही घण्टाका लागि कोठा भाडामा लिन सक्छन् ।
‘लभ होटल’ नाम गरिएका त्यस्ता कोठाहरु सरकारले नै चलाउने गथ्र्यो । सन १९९० को दशमा जब क्यूबामा आर्थिक संकट बढेको थियो तब यस्ता कोठाहरुलाई समुद्री तूफÞानबाट बच्नका लागि आश्रयगृहमा परिणत गरिएको थियो ।
त्यस्तो सरकारी व्यवस्था हटेपछि निजी घरमालिकहरुले प्रेमीहरुलाई भाडामा कोठा दिने अभियान चलाए । तर त्यस्ता कोठाहरु निकै महङ्गा हुन्थे ।
यस्तो हाटेलहरुलाई क्यूबामा ‘पोसारस’ भनिन्छ । सरकारको भनाइ छ कि प्रेमी जोडीहरुलाई सरकार एकदम सस्तो मूल्यमा कोठा भाडामा उपलब्ध गराउने छ । ताकि मानिसहरुलाई प्रेम सम्बन्ध स्थापित गर्न कुनै कठिनाइ नहोस् ।
सामान्यतया सरकारी व्यवस्थामा एक अलग्गै कोठा मिल्छ । उक्त रुममा एसी, एक फ्रीज र एक आरामदायक विस्तरा समावेश गरिएको हुन्छ । यसअघिको व्यवस्थामा यस्तो कोठाका लागि तीन घण्टामा ५ डलर भुक्तानी गर्नु पर्थ्यो ।
तर क्यूबाका मानिसहरुका लागि यो एक महङ्गो सौदा हो । किनकी त्यहाँका मानिसहरुको मासिक प्रतिव्यक्ति आय औषत २९।६० अमेरिकी डलर हुन्छ । यति धेरै मूल्य क्यूबाका सामान्य नागरिकको हैसियतभन्दा बाहिरको कुरा हो ।
क्यूबामा यस्तो बाध्यता पनि छ कि, यदि जोडीहरुबीच सम्बन्ध विच्छे भयो भने पनि उनीहरु अर्को ठाउँमा बसाई सर्न सक्दैनन् । किनकी त्यहाँ घरको संख्या एकदमै कम छ ।
अधिकारीहरुको भनाइ छ कि सरकारले पुनः सक्रिय पार्न लागेको यो योजनाले एक सस्तो र उपयुक्त विकल्प मिल्ने छ । जसले शहरमा ‘लव मेकिंग सेशन’ सुगम हुने छ ।
हवानामा प्रेमी जोडी प्राय पार्क, समुद्री तट तथा प्रसिद्ध मैलाकेन सीफ्रन्टमा प्रेमलाप गरिरहेको देखिन्छन् । बीबीसी



