काठमाण्डौ,कोरोनाका कारण ८० हजारदेखि एक लाख ८० हजार जना स्वास्थ्यकर्मीको ज्यान गएको हुन सक्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

सङ्गठनले सन् २०२० को जनवरीदेखि २०२१ को मे महिनासम्ममा ८० हजारदेखि एक लाख ८० हजार जनासम्मको ज्यान गएको हुन सक्ने जनाएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेसियसले खोपको अन्यायपूर्ण वितरण भएको भन्दै स्वास्थ्यकर्मीहरूलाई कोभिड खोपका लागि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनु भएको छ । यसअघि डब्ल्यूएचओका अर्का वरिष्ठ अधिकारीले कोभिड खोपको कमीका कारण कोरोना महामारी अर्को वर्षसम्म लम्बिन सक्ने चेतावनी दिनुभएको थियो ।