पी .एन .योगी / तिजका गित हरुले यतिबेला नेपाली सांगीतिक बजार निक्कै तताएको छ । कलाकार हरुले आफ्नो गायन तथा सांगीतिक पेसालाई निरन्तर अगाडी बढाई रहेका छन् । बिशेष हिन्दु महिला हरुको महान चाड हरितालिका तिजले गर्दा नै बजार तातेको हो । धमाधम तिजका गित बजारमा भित्रीइ रहेका छन् भने दर्शक श्रोताले पनी मनोरञ्जन लिई रहेका छन् ।
यस्तै क्रममा लोकदोहोरी क्षेत्रकी उत्कृष्ट चर्चित गायिका हुन् कल्पना श्रीपाल बिगतका बर्ष हरुमा दर्जनौं मौलिकतामा आधारित लोकदोहोरी तथा तिजका गित ल्याएर आफ्नो नाम उत्कृष्ट लोकदोहोरी गायिकाको रुपमा स्थापित गराएकी गायिका श्रीपालले यस पटक पनी मौलिक तिज गित ल्याएकी छन् ।
गायिका कल्पना श्रीपालले मैना चरी नाम गरेको तिज कोसेली आफ्नो एकल समधुर आवाजमा आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक गरेकी छन् ।
किरण बाबु पुनको लय तथा शब्द सृजना र कल्पना श्रीपालको समधुर आवाजमा सजिएको उक्त गितले नेपाली सांगीतिक क्षेत्रमा मौलिकता कायम राखेको छ । सोही गितको भिडियो तर्फ अहिले का अत्यन्तै ब्यस्त चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन् । करण चैसिरले छायांकन गरेको भिडियोलाई बिष्णु शर्माले सम्पादन गर्नुको साथै साई भिजन प्रा.लि ले दृश्य निर्माण गरेको छ । त्यस्तै सोही भिडियोमा सुन्दरी मोडल दिपासा बि.सी ले अभिनय गरेकी छन् । हाम्रो तर्फ बाट गीत को सफलता को कामना ।



