काठमाडौं, नेपालमा दर्ता भएका १३९ जना चिकित्सकको नाम नेपाल मेडिकल काउन्सिलले हटाएको छ।

१३७ जना मृत्यु भएका र १ जनाको कागजात गलत भएको र अर्का एकजना चिकित्सक निष्काशित भइसकेकोले काउन्सिलले नाम दर्ता सूचीबाट उनीहरूको नाम हटाइएको बताएको छ। काउन्सिलले सूचना जारी गर्दै नाम दर्ता भएका चिकित्सकहरूको नाम, ठेगाना र योग्यता खोली दर्ता किताबमा दर्ता गर्ने, मृत्यु भएका वा सदस्यताबाट नाम हटाइने भएका चिकित्सकहरूको नाम हटाउने र दर्ता अभिलेख अद्यावधिक गर्न १० महिला चिकित्सकसहित १३९ जना चिकित्सकको नाम हटाइएको जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

काउन्सिलले नाम हटाइएकामध्ये कुनै चिकित्सकको नाम गल्तीले हटेको भए सूचना प्रकाशित भएको तीस दिनभित्र काउन्सिलमा सम्पर्क राख्न अनुरोध समेत गरेको छ।