स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न अपील गरेको छ। बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले कोभिड–१९ को ओमिक्रोन भेरियन्टको संक्रमणबाट जोगिन अत्यावश्यक बाहेक भ्रमण नगर्न र सावधानी अपनाउन आग्रह गरेको हो। विश्व स्वास्थ्य संगठनले ओमिक्रोनलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न घोषणा गरेको छ।
हालसम्म उक्त भेरियन्ट नेपालमा फेला नपरेको र आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो बनाइएको मन्त्रालयले जनाएको छ। “यो भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर पार्ने देखिएको छ,” विज्ञप्तिमा भनिएको छ, “त्यसैले संक्रमण रोक्न सबै सचेत भएर स्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध छ।
कोभिडको संक्रमणबाट जोगाउने हुनाले खोप लगाउन पनि स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।
”



