भोली शुक्रवारबाट फिल्म ‘सायद २’ दोस्रो हप्तामा प्रदर्शन हुँदैछ । प्रदर्शनको दिनदेखि कमजोर व्यापार गरिरहेपनि फिल्मलाई भने दर्शकहरुले निकै रुचाएका छन् । फिल्मले सफलता हात नपारेको स्वीकार गर्दै निर्माता सुनिल रावलले केहीदिन अगाडि फेसबुक लाइभमार्फत दुर्गिस फिल्मसको ब्यानरबाट निर्माण हुने नयाँ फिल्ममा नयाँ कलाकार नलिने समेत घोषणा गरेका थिए । यी लगायतका धेरै कुराहरुले केही दिनदेखि मिडियामा आइरहेका छन् ।

हालैमा फिल्मकी नायिका स्यारोन श्रेष्ठले निर्माता सुनिल रावल माथि केही आरोपहरु लगाएकी छिन् । बिहीवार राजधानीमा पत्रकारसँग भेटघाट गर्दै उनले भनिन्, ‘मलाई निर्माता रावलले बारम्बार सुटिङ सेटमा आफ्नो प्रेमीका बने एयरहोस्टेस समेत बनाइदिने भन्नुभएको थियो । उहाँको बानीले गर्दा एकपटक मैले फिल्मको सुटिङ सेट समेत छाड्न लागेकी थिएँ । मैले यो कुरालाई गम्भीर रुपमा लिएपछि उहाँले मजाक गरेको भनेर उडाउनुभयो । म यो कुराबाट निकै दुःखी भएकी थिएँ ।’

‘एक अन्तर्वार्तामा निर्माता रावलले मलाई करोडमा मस्ती गरेर गयो भन्ने आरोप लगाउनु भएको रहेछ । त्यो उहाँले गलत जानकारी दिनुभएको हो । उहाँ जस्तो वुद्धिमानी मान्छेले किन यस्तो कुरा गर्नुभयो मलाई अचम्म लागिरहेको छ । उहाँले मसँग माफी माग्नु पर्छ ।’, उनले भनिन् ।

के भन्छन् निर्माता सुनिल रावल ?
नायिका स्यारोनले लगाएका आरोपको विषयमा निर्माता सुनिल रावलले भने, ‘नायिका स्यारोनलाई न मेरो प्रेमिका बन भनेको थिएँ न त मैले एयरहोस्टेस नै बनाइदिन्छु भनेको थिएँ । म एयरलाइन्सको मान्छे होइन मैले स्यारोनलाई एयरहोस्टेस बनाइदिन । म काम गर्ने मान्छे हुँ । मलाई जिस्कन पनि आउँदैन र जिस्काउन पनि आउँदैन ।’

उनले अगाडि थप्दै भने, ‘स्यारोनले म माथि लगाएका आरोपहरु सबै गलत हुन । यदी मैले गलत गरेको थिएँ भने पहिला नै मिडियामा ल्याउनु पर्थ्यो नि त किन नल्याएको त ? मैले उहाँलाई होइन उहाँले चाँही मसँग माफी माग्नु पर्छ ।’

फिल्मीखबर डटकमबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah