ज्ञानेन्द्र काेईराला/ काठमाडौं । राजनीतिक दलमा लागेपछि वा कुनै पनि निर्वाचनमा उम्मेदवार बने पछि चुनाव जित्नै पर्ने चाहना त उनीहरुले राखेकै हुन्छन् तर उम्मेदवार बन्नासाथ जित नै सुनिश्चित हुन्छ भन्ने छैन । प्रतिस्पर्धी वा प्रतिद्वन्दी नभई निर्वाचन पनि हुँदैन आखिर जित्ने एउटाले हो । जित्नेले त सबैसँग खुसीयाली बाँढ्छन् नै तर हार्नेहरुले अलाप बिलाप गर्नुको विकल्प छैन । अझ भए नभएको ऋणधन खोजेर चुनाव खर्च गर्नेहरु हार्नु पनि र घरको आवश्यकता पनि चुलिदै जानु हो भने अवस्था कस्तो होला ? यस्तै चुनावमा डुबेर बिचल्ली बनेका छन् पुराना कलाकार रामचन्द्र अधिकारी पनि । उनले आफ्नी श्रीमती ऋतु कोईरालाको गरगहनाहरु समेत बेचेर वडाध्यक्षमा उम्मेदवार बनेका थिए । सपना ठूलै सजाएका पनि थिए तर परिणाम उनको पक्षमा आएन ।

हाल नारीहरुको महान पर्व तिज नजिकिदै गर्दा उनको घरमा तनाब छाएको छ । श्रीमती ऋतुले आफ्ना मागहरु तेस्र्याएर रामचन्द्रलाई हैरान पारेकी छिन् । झट्ट सुन्दा र देख्दा वास्ताविकता झैं लाग्ने यो प्रसंग हो हालै योगेश्वर शाहीले सार्वजनिक गरेको तीजको गीत डुबायो चुनावले को । सदा झैं विभिन्न श्रष्टाहरुहरु यसपालीको तीजमा पनि आफ्ना फरक प्रस्तुतिहरु लिएर उदाएका छन् । यसैको निरन्तरतामा आएका हुन् शब्द, संगीत र स्वरका साथ योगेश्वर शाही पनि अनि उनलाई स्वरमा साथ दिएकी छिन् गायिका टिका पुनले ।

चुनावमा हारेका नेताहरुको हविगतलाई आधार बनाएर लेखिएका शब्दहरुको उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा रामचन्द्र अधिारी र ऋतु कोईरालाका साथमा नरेन्द्र शाही र हरिचन्द्र राईलाई समेत देख्न सकिन्छ । पुर्वेली जुनतारा म्युजिक प्रा.लि.को प्रस्तुतिमा प्रियजन राईले निर्देशन गरेको भिडियोको छायाँकन जनकराज अधिकारीले गरेका छन् भने मनिष कार्कीको सम्पादन रहेको छ । यो भिडियो गायक योगेश्वर शाहीकै दिदी रेश्मा शाही (खत्री) को सहयोगमा बजारमा आएको हो । बाँकी भिडियोमा हेर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah