ललितपुरका प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले आज जिल्लाभित्रका केही फार्मेसीहरुको अनुगमन गरेको छ । महामारीको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै प्रजिअ घनश्याम उपाध्यायले अनुगमन गरेका हुन् । केही दिनयता जिल्लामा प्रजिअ र सहायक प्रजिअको नेतृत्वमा एक दिन बिराएर अनुगमन थालिएको बताउँदै उपाध्यायले आज आफुले अनुगमन गरेको बताए । ललितपुरको मंगलबजारस्थित मोस.पसः औषधी पसल र श्याम मेडिकल हलमा अनुगमन गरिएको हो । अनुगमनको क्रममा फार्मेसीहरुमा सिटामोलको अभाव देखिएको बताउँदै प्रजिअ उपाध्यायले भने, ‘एक जनालाई एक पटकमा १० ट्याब्लेट सिटामोल दिने व्यवस्था मिलाउन फार्मेसीहरुलाई सुझाव दिइएको छ ।’ जिल्लामा स्वास्थ्य मापदण्डको पालना भएको दाबी गर्दै सिडिओले प्रहरीले मास्क नलगाई हिँड्नेलाई एक सय रुपैयाँ जरिवाना समेत गरिएको उल्लेख गरेका छन् ।
ललितपुरका सिडिओले भने ‘सिटामोल १० ट्याब्लेट मात्र दिनुहोस्’
सवालनेपालसंवाददातामंगलबार, ११ माघ २०७८

ललितपुरका सिडिओले भने ‘सिटामोल १० ट्याब्लेट मात्र दिनुहोस्’
यो समाचार शेयर गर्नुहोस्:
सम्बन्धित विषयहरू:## स्वास्थ्य

« यो पनि पढ्नुहोस्
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै

यो पनि पढ्नुहोस् »
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३
आजको मौसमः तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो
आइतबार, १४ माघ २०८१
झापास्थित बिएन्डसी अस्पतालले मेडिकल कलेजको मान्यता पायो
बुधबार, ६ असार २०८१
झापामा स्वास्थ्य बिमा दर्ता सहयोगी आन्दोलित, कार्यालयमा धर्ना दिँदै गरे नाराबाजी
बिहीबार, ३१ जेठ २०८१



