ललितपुरका प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले आज जिल्लाभित्रका केही फार्मेसीहरुको अनुगमन गरेको छ । महामारीको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै प्रजिअ घनश्याम उपाध्यायले अनुगमन गरेका हुन् । केही दिनयता जिल्लामा प्रजिअ र सहायक प्रजिअको नेतृत्वमा एक दिन बिराएर अनुगमन थालिएको बताउँदै उपाध्यायले आज आफुले अनुगमन गरेको बताए । ललितपुरको मंगलबजारस्थित मोस.पसः औषधी पसल र श्याम मेडिकल हलमा अनुगमन गरिएको हो । अनुगमनको क्रममा फार्मेसीहरुमा सिटामोलको अभाव देखिएको बताउँदै प्रजिअ उपाध्यायले भने, ‘एक जनालाई एक पटकमा १० ट्याब्लेट सिटामोल दिने व्यवस्था मिलाउन फार्मेसीहरुलाई सुझाव दिइएको छ ।’ जिल्लामा स्वास्थ्य मापदण्डको पालना भएको दाबी गर्दै सिडिओले प्रहरीले मास्क नलगाई हिँड्नेलाई एक सय रुपैयाँ जरिवाना समेत गरिएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय