एजेन्सी । नव्या नन्दा बलिउडका मेगास्टार अमिताभ बच्चनकी नातिनी हुन् । उनी सामाजिक सञ्जालमा निकै कम सक्रिय छिन् । नव्या नन्दले घरको वातावरणलाई लिएर चकित पार्ने खुलासा गरेकी छन् । नव्या नन्द भन्छिन् कि उनकी आमा श्वेता बच्चनले उनलाई पाहुनाका अगाडी उपस्थित हुन आग्रह गर्छिन्, जबकि उनले छोरा अगस्त्यलाई पनि त्यस्तै गर्न भन्न सक्थिन्। तर आमाले संधै गेष्टको ख्याल राख्ने काम नव्यालाई दिन्छिन् । उनले घर भित्र छोरा र छोरीमा विभेद हुने गरेको स्पष्ट पारेकी छिन् ।

नव्याले घरको कथा सुनाइन्

एक भारतीय मिडिया सँगको कुराकानीमा नव्या नन्दाले भनिन्, ूघरमा पाहुना आउँदा आमाले मलाई भान्साकोठा वा जुनसुकै कोठाबाट सामान ल्याउन भन्नु हुन्छ, पाहुनाका लागि होस्टको भूमिका निभाउनुपर्छ । आमाले मेरो भाइ अगस्त्यबाट पनि त्यही काम गराउन सक्नुहुन्थ्यो तर आमाले त्यसो गर्नुहुन्न । आमाले मलाई पाहुनाका लागि आवश्यक पर्ने सबै चिज ल्याउन भन्नुहुन्छ । पाहुनाको ख्याल पनि मैले नै राख्नुपर्छ ।

नव्याले थप भनिन्, ‘जब घरमा संयुक्त परिवारसँग बस्छौ, तब यी कुराहरू अवश्यै हुन्छन् । छोरीहरूलाई घर कसरी चलाउने, पाहुनाका अगाडी कसरी जाने वा होस्टको भूमिका कसरी निर्वाह गर्ने, यी कुराहरू घरका छोरीहरूलाई सिकाइन्छ। आमाले भाइसँग यस्तो व्यवहार गरेको मैले कहिल्यै देखेको छैन। केटीलाई पढाउँदा सिकाउने कुराहरु केटालाई किन सिकाइँदैन ? सायद सुरुदेखि नै हाम्रो दिमागमा केटीको काम घर रेखदेख गर्ने हो भन्ने कुरा बसेको होला ।
नव्या नन्दको यो कमेन्टलाई जोया अख्तर र अभिनेत्री तिलोतमा शोमाले निकै तारिफ गरेका छन् । यसअघि नव्याले एक अन्तर्वार्तामा घरका महिलाले आफ्नो स्वास्थ्यभन्दा पहिले परिवारका सदस्यको स्वास्थ्यलाई महत्व दिने बताएकी थिइन् । यो कुरा उनले हजुरआमा र आमामा पनि देखेको बताएकी थिइन् । आमा र हजुरआमाले परिवार, श्रीमान् र बच्चाहरूको हेरचाह गर्ने गरेको बताएकी थिइन् । नव्याले महिलाहरु आफ्नो मानसिक, शारीरिक र स्वास्थ्यलाई महत्व दिएको महसुस गर्दिनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah