काठमाडौँ । नायक पल शाहविरुद्ध बुधबार तनहुँको प्रहरी कार्यालयमा नाबालिकामाथि क’र’णी ग’रे’को उ’जु’री परेको हो। उजुरीपछि प्रहरीले पक्राउ गर्नुपूर्व नै नायक पल शाहले आफूमाथि ष’ड्य’न्त्र भएको भन्दै केही नाम सार्वजनिक गरे।पलले सार्वजनिक गरेकाे नाममा उनकै साथी भनेर चिनिएका गायक दुर्गेश थापा, म्यानेजर कृष्णप्रसाद जोशी, गायक तथा भिडियो निर्माता सरोज ओली र गायक सम्राट चौलागाई रहेका जानकारी आफ्नै फेसबुक एकाउन्नट मार्फत दिएका हुन् ।
गायक दुर्गेश थापाले अभिनेता पल शाहबाट पी’डित बनेका नाबालिगलाई आफूहरूले मद्दत गर्ने प्रयास मात्र गरेको स्पष्ट पारेका छन् । शाहले सामाजिक सञ्जालमार्फत आफूलाई नियोजित रूपमा फसाउन थापालगायतले ष’ड’यन्त्र गरेको आ’रोप लगाएका छन ।फोनमा कुराकानी गर्दै थापाले भने, ‘गल्ती गर्ने चाही ऊ, दो’ष चाहिँ हामीमाथि । एकजना नाबालिग ऊ बाट पी’डित भएकी छन् । ती नाबालिगलाई न्याय दिलाउन हामीले सहयोग गरेका हौँ ।
ती नाबालिगले न्याय पाउनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ । यसबारे हामी विस्तृतमा पत्रकार सम्मेलन गरेर जानकारी दिनेछौँ ।’यो भन्दा अगाडि सार्वजनिक भएको अडियोका बारेमा उनले थपे, ‘ऊ आफै केटीदेखि भागेको भागेई थियो, फोन नउठाउने भएपछि हामीले उनीहरु २ जनालाई कुरा गर्न राखेका हौँ, कुरा नबिग्रियोस भनेर।’तपाईंहरु कुरा मिलाउन खोज्नु भएको हो भनेर सोध्दा दुर्गेशले जवाफ दिए, ‘समझदारीमा केही गर्न सकिन्छ कि भनेर हो ।
तर ऊ हामीबाट पनि टाढा भयो। केटीबाट पनि टाढा भयो। त्यसपछि यस्तो भएको हो। कृष्ण जोशीलाई पहिला म्यानेजरबाट निकालिएको थियो। पछि यो काण्ड आएपछि उसले मिलाउँछ कि भनेर फेरि राखिएको हो। पलले हामीलाई दो’ष लगाइदियो।’ दर्गेशका अनुसार पी’डित किशोरी पलप्रति असाध्यै क्रेजी थिइन्। धेरै सम्झाउँदा पनि किशोरीले विवाह गर्ने भन्दा अरु कुरा मान्य नहुने बताएकी थिइन्।
नाबालिगमाथि यौन शोषण गरेको जाहेरी परेपछि पल शाहलाई यतिबेला प्रहरीले खोजी गरिरहेको छ । शाहवि’रुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा ज’बरजस्ती क’रणीको उ’जुरी परेको छ । प्रहरीले खोजिरहेका शाहले सामाजिक सञ्जालमार्फत आफ्नो बचाउ गर्ने प्रयास गरेका छन् । उनले आफूमाथि नियोजित ष’डयन्त्र भएको भन्दै दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईंमाथि ष’डयन्त्र गरेको आ’रोप लगाएका छन् ।



