जापान र स्पेन आफू अनुकुलको नतिजा निकाल्दै कतार फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छन् ।

बिहीबार राति खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा जापानले स्पेनलाई २–१ अन्तरले पराजित गरेको हो । यद्यपि, स्पेन पराजित बाबजुद पनि आफू अनुकुल नतिजा निस्कँदा अन्तिम १६ मा स्थान बनाउन सफल भयो ।

जितसँगै समूह ‘ई’ मा जापानले तीन खेलबाट ६ अंक जोड्दै विजेता बन्यो । समान चार अंक भएपनि जर्मनीलाई गोल अन्तरमा पछि पार्दै स्पेन उपविजेता बन्यो । तीन अंकको कोस्टारिका र जर्मनी प्रतियोगिताबाट बाहिरिएका छन् ।

एसियाली मुलुक जापानको जितमा रित्सु डोन र एओ टानकाले दोस्रो हाफमा एक एक गोल गरेको थिए । स्पेनका अल्भारो मोराटाले पहिलो हाफमा गोल गरेपनि जिताउन पर्याप्त रहेन ।

अब, अन्तिम १७ मा जापानाले क्रोएसियाको सामना गर्दा स्पेनले मोरक्कोसँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर