
सन् २०२२ को फूटबल विश्वकपबाट जर्मनीलाई ग्रुप स्टेजबाटै बाहिरिन बाध्य बनाउनुमा एउटा विवादास्पद निर्णय प्रमुख कारण बन्यो ।
स्पेनविरुद्ध जापानले गरेको गोल विवादास्पद बनेको हो । गोल हुनुअघि उक्त बल फील्डबाहिर गएको थियो तर भिडियो असिस्टेन्ट रेफ्री (भार) ले त्यसलाई मान्यता दिएपछि गोल ठहरिएको थियो ।
भिडियो रिप्ले तथा तस्वीरहरूमा बलले लाइन पार गरेको देखिएको थियो तर भारले त्यसो नभएको मान्यो । कैयौं क्यामरा एंगलमा बल तथा सेतो लाइनबीच हरियो घाँस स्पष्ट देखिएको थियो ।
त्यही हरियो घाँसका कारण लाखौं प्रशंसक र रेफ्री विज्ञहरूले बल मैदान बाहिर गएको मानेका थिए । तर उनीहरूले मानेको कुरा गलत साबित भयो । नियमअनुसार, बलले सीमारेखालाई पूरै पार गरेपछि मात्र त्यो बाहिर गएको मानिन्छ ।
सीमारेखाको सानो भागले समेत बललाई छोएको भेटिएमा त्यो वैध बल मानिन्छ । जापान र स्पेनको खेलमा त्यही भएको हो ।
भारले अनेकौं एंगल हेरेर बल बाहिर नगएको ठहर गरेको भए पनि फिफाले मैदानका रेफ्रीको निर्णय उल्ट्याउने तस्वीर वा भिडियो अहिलेसम्म प्रकाशन गरेको छैन । तर भिडियो असिस्टेन्टहरूले क्यामरा एंगलबाट सही निर्णय लिन सकिएको निष्कर्ष निकाले ।
विश्वकपमा सहभागी ६ एसियन राष्ट्र मध्ये सबैभन्दा अप्ठ्यारो समूहमा परेको जापानले चामत्कारिक प्रदर्शन गर्दै समूह विजेता बन्यो।
पहिलो खेलमा चार पटकको च्याम्पियन जर्मनलाई २-१ले हराएको जापानले समूहको अन्तिम खेलमा स्पेनमाथि पनि २-१ को जित निकाल्यो । जापानले दुवै खेलका १ गोलले पछि परेको अवस्थामा दोस्रो हाफमा २ गोल गर्दै जित निकलोको थियो।
जारी विश्वकपमा ठुला उलटफेर हुनेक्रम जारी रहेको छ । चार पटकको विश्वकप विजेता जर्मनी लगातार दोस्रो पटक समुह चरणबाट नै बाहिरिएको छ । भने बलियो मानिएको स्पेनलाई पराजित गरेर एशियाली पावर हाउस जापान समुह विजेता हुदै राउण्ड १६ मा पुगेको छ ।
टिकी टाका उपनामले चिनिने स्पेनलाई जापानले पाएको आक्रमणको अवसरलाई सदुपयोग गर्दै गोलमा परिणत गरेपछि सुखद नतिजा निकाल्न सकेको थियो ।