जापानले गरेको गोल आउट बल भएको र भिडियो असिस्टेन्ट रेफ्री (भार) ले गलत निर्णय दिएको भन्दै सामाजिक सञ्जाल र मिडियामा आलोचना भएपछि फिफाले भिडियो जारी गरेर पुरै बल आउट नभएको प्रमाण दिएको हो ।

फिफाले भिडियो म्याच अफिसियलले गोल लाइन क्यामरा प्रयोग गरेर चेक गर्दै बल पुरै बाहिर नगएकोले गोललाई मान्यता दिएको स्पष्ट गरेको छ ।

अन्य क्यामराले सो तस्वीरलाई मिसलिड गरेको जनाउदै फिफाले सो बल पूर्ण रुपमा बाहिर नभएको दाबि गरेको छ ।

खेलको ५१औं मिनेटमा जापानका आओ टनाकाले गरेको गोलमा पास दिदा आउट बल पास दिएको देखिएको छ । यसलाई भिडियो असिस्ट रेफ्रीले गरेको निर्णयमा विवाद भएको हो । शुरुमा गोल नदिए पनि भारले गोल दिएपछि यसमा विवाद भएको थियो ।

भिडियोमा हेर्दा जापानका कओरु मिटोमाले बल क्रस गर्दा बल लाइन बाहिर देखिएको छ । सामाजिक संजाल भारको निर्णयको कडा आलोचना गरिएको छ ।

स्पेनमाथि जापानको यहि गोलका कारण जापान समुह विजेता बन्दै राउण्ड १६ मा पुग्यो भने यसै समुहमा रहेको जर्मनी विश्वकपबाट बाहिरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर