नेपाली क्रिकेट टिमको कप्तान रहेका सन्दिप लामिछने बलात्कार अभियोगमा असोज २० गते पक्राउ परेका थिए भने अभियोग लागेका उनलाई क्यानले भदौ २३ गते निलम्बन गरेको थियो।
पुष २८ गते लामिछानेलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो। आदेशमा उनी विदेश जान नपाउने र काठमाडौं उपत्यका छाड्दा प्रहरी कार्यालयमा जानकारी गराउनुपर्ने उल्लेख गरिएको थियो।
लामिछानेले क्रिकेट खेल्न पाउँ भन्दै क्यानमा निवेदन दिएका थिए र नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले कानुन व्यवसायीसँग परामर्श गरेर लामिछानेको निलम्बन फुकुवा गरेर नेपाल भित्रका खेल खेल्न दिने निर्णय गरेको हो।