कीर्तिपुरस्थित त्रिवि मैदानमा चलिरहेको आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबिया विरूद्धको खेलमा नेपालका लागि ज्ञानेन्द्र मल्ल र आसिफ शेखले अर्धशतक प्रहार गरेका छन्।

नामिबियाले नेपाललाई २७५ रनको लक्ष्य दिएकोमा यो समाचार तयार पार्दा सम्म नेपालले १३२ रन बनाइसकेको छ भने बलिङमा नेपालका सन्दीप लामिछानेले १० ओभरमा ४६ रन खर्चिएर ३ विकेट लिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि नेपालले आफ्नो पहिलो खेलमा नामिबिया तथा दोस्रो खेलमा स्कटल्यान्डलाई हराएको थियो भने मंगलबार अन्तिम खेलमा स्कटल्यान्डसँग भिड्नेछ।

आइसिसीले क्रिकेट विश्वकप २०२३ को छनोटका लागि तीन वटा लिग गरिरहेको छ जसमा टेस्ट मान्यता प्राप्त १२ टिम र नेदरल्यान्ड्स गरी १३ टिमबीच सुपर लिग, नेपालसहित सात एकदिवसीय मान्यता प्राप्त टिमबीच लिग-२ र एसोसिएट टिमबीच प्रतिस्पर्धा भएको च्यालेन्ज लिग रहेका छन्।

लिग-२ बाट स्कटल्यान्ड र ओमान विश्वकप छनोटमा पुगिसकेका छन्। अब बाँकी एक स्थानका लागि नामिबिया, नेपाल र युएईबीच प्रतिस्पर्धा छ। जसमा नामिबिया बलियो स्थानमा रहदा नेपाललाई शीर्ष तीनमा पर्न कठिन भएपनि नेपालको खेलमा भइरहेको प्रगतिले आसा भने जगाएको छ ।