काठमाण्डाै – एसीसी मेन्स प्रिमियर कपमा ओमानले मलेसियालाई हराएकाे छ । आज आइतवार भएकाे खेलमा ओमानले मलेसियालाई आठ विकेटले हरायाे ।

मलेसियाले दिएकाे दुई सय २८ रनकाे लक्ष्य ओमानले ४१ ओभर ४ बलमा दुई विकेट गुमाएर भेटायाे । ओमानका जतिन्दर सिंहले नटआउट एक सय एक रन बनाए । यस्तै कश्यप प्रजापतिले ६६ र कप्तान जेशान मक्सुदले नटआउट ५२ रन बनाए । मलेसियाका मुहम्मद आमिरले दुई विकेट लिए ।

यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे मलेसियाले निर्धारित ५० ओभरमा नाै विकेट गुमाएर दुई सय २७ रन बनायाे । मलेसियाका लागि विरनदीप सिंहले सर्वाधिक ९४ रन बनाए । यस्तै मुहमद सयाहदतले ५५ रन बनाए । ‌ओमानका जेशान मक्सूदले चार विकेट लिए ।

याे जितसँगै समूह ‘ए’ मा रहेकाे ओमान तीन खेलमा छ अङ्कसहित तालिकाकाे दाेस्राे स्थानमा छ । मलेसिया तीन खेलमा दुई अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा छ ।

एसीसी प्रिमियर कपको समूह ‘ए’ मा नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब र समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah