एसिसी प्रिमियर कपअन्तर्गत आज नेपालले समूह ‘ए’ को अन्तिम खेलमा कतारसँग प्रतिस्पर्धा गर्दैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ।

कतारले टस जितेर फिल्डिङ रोजेसँगै नेपालले ब्याटिङ गरिरहेको हो।

नेपाली टिममा एक परिवर्तन गरिएको छ। करण केसीको स्थानमा गुल्शन झालाई खेलाइएको छ।

नेपाली टिम : कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, कुशल मल्ल, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र ललितनारायण राजवंशी।
समूह चरणमा अपराजित नेपालले पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो।

नेपाल र साउदी अरेबियाबीचको मुलपानी मैदानमा तय भएको तेस्रो खेल वर्षाका कारण रद्द भएको थियो। रद्द भएर अंक जोडेसँगै नेपाल सेमिफाइनलमा पुगेको थियो।

यो समूहबाट नेपालबाहेकका अरु खेलमा जित निकालेको ओमान ६ अंक जोडेर सेमिफाइनलमा पुगिसकेको छ। ५ अंक जोडेको नेपालले पनि सेमिफाइनलमा स्थान पक्का गरेको अवस्था छ।

आजको खेलमा जित हात पारे नेपाल समूह विजेता बन्नेछ। समूह विजेता भएको अवस्था नेपालले सेमिफाइनल खेल शनिबार कीर्तिपुर मैदानमा खेल्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah