काठमाडौँ । नेपाली कांग्रेसको वडा तहको अधिवेशनमा आजदेखि सुरु भएको छ । कांग्रेसको १५ औँ महाधिवेशन प्रक्रिया अन्तर्गत वडा अधिवेशन सुरु भएको हो ।
पार्टी सभापति गगन थापाले आफ्नो क्रियाशील सदस्यता रहेको वडा नम्बर ३० मा अधिवेशनको उद्घाटन गर्दै सम्बोधन गरेका छन् । साथै उनले आफ्नो मनोनयन दर्ता पनि गराएका छन् । आज र भोलि देशभर हुने वडा तहको अधिवेशनमा सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई उत्साहप्रद रूपमा सहभागी हुन पार्टीले आग्रह गरेको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन हुँदैछ। त्यसअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रमका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटाइसकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।









