दिपेन्द्र सिंह ऐरीको कप्तानीमा नेपाली यु–१९ टोलीको घोषणा गरिएको छ। यसअघि यु १९ टोलीको कप्तानी सन्दिप लामिछानेले गर्दै अाएका थिए। मलेसियामा हुने आउँदो सेप्टेम्बरमा हुन एसीसी यू–१९ एसिया कप (पूर्वी क्षेत्र) छनौटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणाको सोमबार घोषणा गरिएको हो।

यस्तो छ नेपाली टोली

१) दिपेन्द्रसिंह ऐरी (कप्तान)

२) सन्दिप लामिछाने

३) मोहम्मद असिफ शेख

४) सन्दिप सुनार

५) प्रनित थापा मगर

६) पवन सराफ

७) अनिलकुमार साह

८) रोहितकुमार पौडेल

९) किशोर महतो

१०) शाहब आलम

११) नन्दन यादव

१२) बिक्रमकुमार भुषाल

१३) सन्दिप जोरा

१४) सुमित महर्जन

वैकल्पिक खेलाडी

१) कमल सिंह ऐरी

२) ललित नारायण राजवंशी

३) प्रकाश केसी

४) रिजन ढकाल

नेपाली यु–१९ नेपाली टोली आउँदो सेप्टेम्बर ८ मा मलेसिया प्रस्थान गर्नेछ। आठ देश सहभागी रहने प्रतियोगितामा नेपाल समूह ए मा छ। नेपाल रहेको समूहमा सिंगापुर, थाइल्याण्ड र भुटान छन्। यस्तै, समूह बी मा आयोजक मलेसियासहित हङकङ, चीन र म्यानमार छन्।

यो पनि पढ्नुस:- 

समर्थकको मतभन्दा मन जित्ने प्रयासमा छु: दिपेन्द्र

विश्व क्रिकेट लिग अन्तर्गत गत फागुनमा टियु क्रिकेट मैदानमा भएको केन्या विरुद्धको खेलमा राष्ट्रिय टोलीबाट डेब्यु गरेपछि प्रतिक्रिया दिँदै दीपेन्द्रसिंह ऐरीले भनेका थिए, ‘राष्ट्रिय टोलीमा देखिएको ब्याटिङको समस्या समाधानमा केन्द्रित बन्नेछु।’

बलिङमा अब्बल रहँदै आएको नेपाली राष्ट्रिय टोलीको  ब्याटिङ तुलनात्मक रुपमा कमजोर रहेको तर्फ इंगित गर्दै उनले आफूले ब्याटमार्फत टोलीलाई सबल बनाउन भूमिका खेल्ने बताएका थिए। सो प्रतिक्रियालाई पुष्टि गर्दै दीपेन्द्रले २०७३ सालमा नेपाली टोलीमा सर्वाधिक रन बनाएका छन्।

यो वर्ष उनले राष्ट्रिय टोलीका लागि ३ सय ५७ रन बनाए। जसमा ४ अर्धशतक समेत सामेल थिए। जसमध्ये सिनियर राष्ट्रिय टोलीबाट उनले खेलेका ५ खेलमा ३ अर्धशतकको मदतबाट २ सय ११ रन जोडेका छन्।

यही प्रदर्शनको मद्दतले उनी यस वर्षको उत्कृष्ट खेलाडीका रुपमा देशकै प्रतिष्ठित पल्सर स्पोर्टस अवार्डको २०७३ को पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका छन्। वर्ष २०७३ साल सालमा उत्कष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई उनीहरुले प्राप्त गरेको उपलब्धि र चर्चाको आधारमा पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक गरिएको हो।

‘देशकै उत्कृष्ट खेलाडीको रुपमा मनोनयनमा पर्दा निकै खुसी छु,’ प्रतिक्रिया दिँदै दीपेन्द्रले भने, ‘यसले हौसलासँगै जिम्मेवारी थपेको छ।’ उत्कृष्ट बन्नुको अर्थ कुशलतापूर्वक जिम्मेवारी पूरा गर्न सक्ने क्षमता बढ्नु पनि रहेको उनी बताउँछन्।

फागुन २८ गते राष्ट्रिय टोलीमा डेब्यु गरेका दीपेन्द्रले पहिलो खेलमै परिपक्व प्रदर्शन गरेका थिए। नियमित कप्तान पारस खड्का अवस्थताका कारण नखेल्ने भएपछि उनको स्थानमा चौथो नम्बरमा दीपेन्द्र मैदानमा देखिएका थिए।

केन्याका पेस बलरका सामु दीपेन्द्रले निर्धक्क भएर खेलेको देखेपछि राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमटाले उनलाई नेपाली टोलीको भविष्य भएको बताएका थिए। ‘स्किलका हिसाबले दीपेन्द्र प्रतिभावान छन्,’ टमटा भन्छन्, ‘उनको एट्याकिङ खेल र अलराउण्ड प्रदर्शन सशक्त छ।’

तीन वर्षअगाडि कुवेतमा भएको एसिसी यू–१९ प्रिमियरदेखि अन्तराष्ट्रिय क्रिकेटमा आएपनि गत डिसेम्बरमा श्रीलंकामा भएको युथ एसिया कपयता दीपेन्द्रको चर्चा चुलिएको हो। उक्त प्रतियोगिताको ३ खेलमा उनले १ सय ४६ रन बनाएका थिए।

पहिलो खेलमै आयोजक विरुद्ध नेपालले एक रनको नमीठो हार व्यहोर्नुपरेको थियो। उक्त खेलमा नेपाललाई जीत नजिक पुर्याउन दीपेन्द्र एक्लैले ९० रन प्रहार गरेका थिए। अघिल्लो बलमा छक्का प्रहार गरेको खेलमा ३ बल बाँकी उनी एलबिडब्लु आउट हुन पुगे। नेपाललाई जीतका लागि एक रन बाँकी रहँदा एलबिडब्लु हुनुपर्दा उनी मैदानमै भावविह्वल हुन पुगे।

घरेलु क्रिकेटमा भने दीपेन्द्र स्थापित नाम हुन्। नेपाल पुलिस क्लबलाई दोस्रो रुस्लान कपको उपाधि दिलाउन उनको प्रेरणादायक भूमिका रह्यो। आर्मी विरूद्धको फाइनलमा दीपेन्द्रले म्यान अफ द म्याच पारी खेलेका थिए।

त्यसअघि भएको एभरेस्ट प्रिमियर लिगको विजेता पञ्चकन्या तेजका साथै धनगढीमा भएको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) को उपविजेता रहेको विराटनगर किंग्सका महत्वपूर्ण सदस्य थिए।

एसएमएस भोट र फेसबुक लाइकका आधारमा पिपुल्स च्वाइस अवार्ड दिइन्छ। यसअघिका विजेता खेलाडीहरुले आफ्नो पक्षमा भोट माग्दै विभिन्न क्याम्पेनहरु गर्दै आएका थिए। ‘आफ्नो प्रतिभाको कदर हाेस् र अवार्ड जितूँ भन्ने चाहना त सबैको हुन्छ,’ दीपेन्द्रले भने, ‘उनले भने, ‘तर मेरो कुनै क्याम्पेन गर्ने योजना छैन्। म विगतमा पनि मैदानमै प्रदर्शनका आधारमा आम जनताको मन जित्ने प्रयासमा थिएँ र सदैव रहनेछु।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah