साफ यू–१५ फुटबल प्रतियोगिताको फाइनलमा नेपालले सुरुवाती अग्रता लिएको छ।
एन्फा कम्लेक्स सातदाेबाटोमा भइरहेको खेलमा ४१ अौं मिनेटमा पाएको पेनाल्टी मार्फत नेपालका ब्रिजेश चौधरीले गोल गरेपछि नेपालले भारतविरुद्व अग्रता लिएको हो।
त्यसअघि भारतीय खेलाडी मोरङथेम थाइवा सिंहले रञ्जन पुनलाई डी बक्स भित्र लडाएपछि नेपालले पेनाल्टी पाएको थियाे।
यससँगै पहिलो हाफकाे खेल सकिएको छ। पहिलो हाफमा नेपालले १-० को अग्रता लिएको छ।



