लियोनल मेस्सीको शानदार प्रर्दशनसगै अन्तत अर्जेन्टिना विश्वकप फुटबलका लागी छनौट भएको छ । अन्तिम महत्वपूर्ण खेलमा मेस्सीले ह्याट्रिक गरेपछि इक्वेडरलाई एकका विरुद्ध तीन गोलले हराउदै अर्जेन्टिना विश्वकप फुटवलका लागी छनौट भएको हो ।दक्षिण अमेरिकाबाट विश्वकपमा पुग्ने चारै टोलीको टुंगो लागेको छ ।

ब्राजिल, उरुग्वे, अर्जेन्टिना र कोलम्बिया छनौट भएका छन् भने पेरुले प्ले अफ खेल्नु पर्ने भएको छ । आज विहान भएको खेलमा अग्रता भने घरेलु टोलीले लिएको थियो । खेलको पहिलो मिनेटमै इबाराले गोल गर्दै अर्जेन्टिनाको यात्रा कठिन बनाएका थिए । तर, मेस्सीको जादु चल्नै बाकी थियो ।

खेलको १२ औं मिनेटमा गोल गर्दै मेस्सीले खेल बराबरीमा ल्याए, त्यसको ८ मिनेट पछि नै पुन मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई खेलमा अग्रता दिलाए । खेलको ६२ औं मिनेटमा पुन अर्को गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे भने अर्जेन्टिनालाई सोझै विश्वकपमा समेत पु¥याए ।

आजै भएका अन्य खेलमा ब्राजिलसग तीन शुन्य गोलले पराजित हुदै चिली विश्वकपबाट बाहिरियो । पेरु र कोलम्बिया एक एक गोलको बराबरीमा रोकिए भने उरुग्वले बोलिभियालाई चार दुई गोलले हराउदै विश्वकपमा छानियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah