सहबान अन्सारी नवलपरासीको गुठी सुर्यपुरामा बिराट दंगल कुस्ती प्रतियोगिता आज सम्पन्न भएको छ। बिराट दंगल कुस्ती प्रतियोगिताको प्रथम उपाधि शैलेस पहलवान ले हासील गरेका हुन।

प्रथम ऊपाधीका लागी शैलेस पहलवान (गोरखपुर) र बल्ले पहलवान ( महराजगंज ) बिच भएको थियो।  उक्त प्रतियोगीतामा २० जोडा पहलवानहरुले प्रतिस्पर्धा गरेका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लक्ष्मी पुजा समिति गुठी सुर्यपुराको आयोजनामा प्रतियोगीताको ऊदघाटन नेपाली काग्रेस क्षेत्र नं. ६ का सासंद देवकरण प्रसाद कलवारले गर्नु भएको थियो! सो कार्यक्रममा उमेश चन्द्र यादव, महेन्द्र, ब्यासमुनी कुश्वाहा, अनु कुमार हरिजन, कन्हैया कुमार हरिजन , मन्त्रिका यादव, लगायतहरुको उपस्थिति रहेको थियो।