प्रज्ञा पोखरेल /दमक

प्रज्ञा पोखरेल

आत्महत्या अनि युवा, लाग्छ आजभोलि यिनीहरुको सम्बन्ध पनि नङ र मासु सरह भैसकेको छ। बितेका केही महिनालाई फर्केर हेर्नेहो भने झापामा थुप्रै आत्महत्याको खबरहरु बाहिर आएको छ जस्मा युवा/युवतीको सलंगता बढी देखिन्छ।

आखिर किन भोलीका कर्णधार मानिएका युवा नै आत्महत्यालाई अङ्गाल्ने गर्छन्? यो प्रश्न अहिले झापाबासीका निम्ति निकै नै चुनौती पुर्ण साबित भएको छ किनकि देशको अन्य कुनाको तुलनामा पुर्वी नेपालमा आत्महत्याको सङ्ख्या अपत्यारिलो ढङ्गले बढेको छ, जस्को सरल जवाफ हुन्छ “जिन्दगी देखि हरेस खायो, कायर रैछ” के साच्चै नै ती कायर थिए जस्ले पासोमा झुन्डिएर आफ्नो जिवनको अन्त्य गरेका थिए? अवश्य पनि थिएनन्।

कलिलै उमेरमा आफ्नो जीवन आफै अन्त्य गर्न पनि निकै नै हिम्मत र साहस चाहिन्छ। फरक यत्ती हो यदि उनीहरूले त्यही साहस देखाएर समास्याको समाधान गर्न तर्फ लागेको भए सायदै आज यो दुनियाबाट टाढिनु पर्दैन थियो। गलत ठाउमा हिम्मत देखाएको परिणाम स्वरुप आज उनीहरुले आफ्नो जीवन गुमाए।

आखिर किन दिनानुदिन स्वतहत्याको समाचार आउने क्रम बढ्दै छ? किन किसोर अवस्थामा प्रवेश गरेकाहरु यस्को मुख्य शिकार भएका छन् ? यस्को मुख्य कारण हो “depression” जरुरी हुदैन कि डिप्रेसनको सिकार भैसकेकाले कुनै शारीरिक लक्षण देखाउछन्, यो मानसिक समस्या हो त्यसैले यस्को विश्लेषण कसैको व्यवहारमा आएको परिवर्तन हेरेर गर्न सकिन्छ।

डिप्रेसनको कारण के त? पढाइको चाप, असफल प्रेम सम्बन्ध, सहपाठीसङ्गको सम्बन्ध, पारिवारिक वातावरण, आर्थिक स्थिति, करियर, स्वास्थ्य समस्या र अन्य थुप्रै कारण छन जस्ले गर्दा मानिस समाजिक सम्बन्धबाट टाढिदै जान्छ अन्ततः मानसिक तनावबाट ग्रसित हुनपुग्दछ अर्थात डिप्रेसनको सिकार हुनपुग्दछ।

१२-१९ सम्मको उमेर जस्लाई हामी “Teen age” अर्थात किशोरावस्था भनेर बुझ्नेगर्छौ, यो आफैमा निकै संवेदनशिल उमेर मानिन्छ। किशोरावस्था मानव जिवनको त्यो चरण हो जस्लाई पार गर्न जोकोहीलाई कुनै न कुनै मोडमा अवश्य हम्मेहम्मे परेको हुन्छ, भविष्य बनाउने या बिगार्ने यहि चरणमा निर्धारण हुन्छ तसर्थ यहि समुहका धेरै मानिसहरु डिप्रेसनमा जाने गरेको सत्यबाट पनि हामी परिचीत छौ।

उदाहरणको लागि पछिल्ला समयमा घटेका त्यस्ता दुई घटनालाई स्मरण गर्न चाहान्छु जस्मा केही महिना अघि मात्रै दमक १० क्यामपसमोड स्थित बसोबास गर्दै आइरहेकी एक किशोरीले आत्म हत्या गरेको थिइन् जस्को कुनै ठोस कारण फेला पार्न नसके नि उन्का निकट मानिसहरुले भने अनुसार उनी मानसिक तनावबाट ग्रसित थिइन् जस्ले गर्दा त्यति ठुलो कदम उठाउनबाट डग्मगाइनन् र भर्खरै मात्रै एकाएक सामाजिक संजालमा भाइरल हुन पुगेको झापाकै अर्कि युवतिको आत्महत्या जस्लाई लिएर पुरै देशमा नै अनेकौ टिप्पणी भैरहे पनि यति ठूलो कदम चाल्नुको पछाडी लुकेको उन्को बाध्यता भने रहस्यमय भएको छ।

हुन त यो नेपाली समाज हो जहाँ कसैको आत्महत्याको खबर सुने पछि हरेकको साघुरो मस्तिष्कमा एक न एक चोटि खेल्ने तर्कहरु थुप्रै छन्। “पक्कै पनि केटा/केटिको चक्कर थियो, पक्कै पनि गाजा खान्थ्यो, पक्कै बिग्रेर कुनै अनैतिक कार्यमा लागेकी थिइ” यी त केही उदाहरण मात्रै हुन्।

मृत आत्माको शान्तिको कामना गरेर आफू सचेत हुनुभन्दा कसैको मृत्युलाई लिएर हाम्रो संकोचित सोचाइ भित्र अन्य थुप्रै आलोचनाहरुको ओइरो लाग्नु सामान्य भैसकेको छ। अर्काको विवशतामा खोट निकाल्न यति तल्लीन पनि हुनुहुदैन कि आफ्नो नजिक घट्न लागेको दुर्घटना आखाबाट ओझेल होस्।

बढ्दो आत्महत्याको न्यूनीकरणका निम्ती हामी कस्तो योगदान पुर्याउन सक्छौ? अहिलेको अवस्थामा सबैको मस्तिष्कमा खेलिरहने प्रश्न मध्य यो पनि एक हो। यदि तपाईं अभिभावक हुनुहुन्छ र तपाईको छोराछोरी किशोरावस्थामा प्रवेश गरेका छन् भने उनीहरुको गतिविधि नियाल्ने गर्नुस्, सहि तरिकाले हजुरहरु बिच रहेको दुई पिढिको अन्तरलाई सक्दो कम गर्ने गर्नुस् ताकी भोलीको दिन उस्ले आफुसङ्ग घटेको कुनै अनैतिक घटना सुनाउदा हिच्किच्याउन नपरोस्।

हाम्रो जिवनमा हातका औलामा गन्न मिल्ने नजिकका साथी हुन्छन्, उनिहरु कस्तो अवस्थामा छन्, उनीहरुको जिवनमा के कस्तो समस्या आइपरेको छ यो सब कुरालाई प्राथमिकता दिनुहोस्। उनीहरुको गतिविधि नियाल्नुहोस्। सुख बाडे बढ्छ सुख, दुख बाडे कम हुन्छ, त्यसैले हरेक भावना एक आपसमा बाड्ने वातावरणको सिर्जना गर्नुहोस्। यस्ले सम्बन्ध अझै मजबुत बनाउन मात्रै नभइ कसैको एक्लोपन पनि हटाउने मद्दत गर्नेछ। यस्ले केही हदसम्म मानसिक तनावबाट राहत दिन्छ र अप्रत्यक्ष रुपमा डिप्रेसनमा जाने सम्भावना कम हुन्छ।

यदि तपाईं पनि म जस्तै किशोरावस्थामा हुनुहुन्छ भने याद राख्नुस् कि हरेक किशोरकिशोरी झै मलाई पनि जिन्दगीको कुनै मोडमा जीवन समाप्त गर्न पाए हरेक समस्या समाधान हुनेथियो झै लागेको थियो तर म आफ्नो सहनशक्ती सङ्ग तब परिचित भए जब मैले समस्याबाट भाग्नु भन्दा त्यस्को समाधान गर्न सके भोलिको दिन उज्ज्वल हुनेछ भन्ने कुरालाई निजि जिबनमा लागू गरे।

मनमा कुरा खेलाएर भित्रभित्रै पिल्सिनु भन्दा कोहि नजिकको साथिसङ्ग छलफल गर्ने गर्नुहोस् र यदि कोही तपाईं समक्ष आफ्नो गुनासोहरु पोख्छ भने उ तपाईंलाई आफ्नो नजिकको साथी मान्छ तसर्थ उस्लाई सकारात्मक बाटो देखाउनु, उ भित्र रहेको नकारात्मक पक्ष हटाउन मद्दत गर्नु तपाईको कर्तव्यमा पर्दछ। जिबनमा सयौ समस्या छन् भने तिनीहरुको हजारौ हल पनि हुन्छन् बस् तपाईहरुले आफुमा विश्वास गर्न सक्नुपर्छ।

एकातिर कोइ मानिस जीवन र मृत्युको बिचमा रहेर पनि जिबनको भिख माग्दै होलान् अनि अर्कातिर हामी छौ, सानो समस्यालाई सुल्झाउन छोडेर अनेकौ नकारात्मक सोचहरुमा अल्झिरहेका छौ। तपाइहरुको आजको कदमले तपाइको परिवारको भोलीको दिन निश्चित गर्छ त्यसैले उहाहरुको ओठको हासोको कारण बन्न खोज्नुस्, रुवाउनलाई त देखावटी मुखौटा पहिरिएका समाजका पात्र छदै छन् नि। जीवन सुन्दर फुल हो, सजाउन सिक्नुस्, वास्ना बाड्न सिक्नुस्। चुड्ने काम त समय आएपछि भगवानले गरिहाल्छन् नि।

अन्त्यमा, न त गइसकेको मानिसलाई फर्काउन सकिन्छ न त सत्यबाट भाग्न नै सकिन्छ। उनीहरुको आत्मसन्तुष्टिको कामना बाहेक अन्य केही गर्न सक्दैनौ हामी तर कृपया कसैको आत्महत्याको विषयलाई चाहिने भन्दा बढी भाइरल नबनाउनुहोस्। देशका कुनै कुनामा मानसिक उथलपुथलबाट ग्रसितहरुको जिवनमा यस्ले नकारात्मक असर नगर्ला भन्न सकिन्न।

आउनुहोस् मिलेर सुरुवात गरौ, सुरुवात म, परिवर्तन हामी।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah