काठमाडौं- यसअघि ‘कबड्डी’ शृंखला निर्देशन गरेका रामबाबु गुरुङको नयाँ फिल्म ‘पुरानो डुंगा’ले बक्सअफिसमा आक्रामक सुरुवात गरेको छ। दुई भाइबीचको सम्बन्धमा आउने उतारचढावको कथा रहेको फिल्मलाई सिनेमा आर्ट र माओत्से गुरुङ फिल्मस् मिलेर निर्माण गरेका हुन्। फिल्म शुक्रबारदेखि नेपालका प्रमुख सहरमा प्रदर्शन भइरहेको छ।

दुई दिनमा नेपालभर फिल्मले डेढ करोड रुपैयाँको कारोबार गरेको एक निर्माता मणिराम पोखरेलले दावी गरे। उनका अनुसार शनिबार साँझसम्म प्रायः मल्टिप्लेक्स हलमा फिल्म हाउसफुलका साथ चलेको थियो। फिल्मको प्रारम्भिक व्यापार सोचेभन्दा राम्रो हुनुमा ‘निर जहिले रिसाउने’ गीतको लोकप्रियताको पनि योगदान रहेको उनले बताए।

‘वितरकका अनुसार शुक्रबारको पहिलो दिनको कारोबार पछिल्ला थुप्रै फिल्मको भन्दा उत्कृष्ट रह्यो,’ निर्माता पोखरेलले थपे, ‘मल्टिप्लेक्स हलहरुमा फिल्मको शो दिनहुँ बढ्दो छ। यसबाट हामी निकै उत्साही छौं। दर्शकको माया अझै पाउनेछौं र यसको व्यापार अझ भव्य हुने आशा हाम्रो छ।’

‘हामी फिल्मबारे दर्शकको मिश्रित प्रतिक्रिया पाइरहेका छौं, धेरैजसो दर्शकले फिल्मलाई रुचाएका छन्,’ पोखरेलले भने, ‘केहीले चाहिँ ‘कबड्डी कबड्डी’भन्दा फरक पाएको प्रतिक्रिया दिएका छन्।’

फिल्मले नेपालबाहिर पनि राम्रो बजार पाएको छ। हङकङ, कोरिया, अमेरिका, बेलायतजस्ता देशमा फिल्म बिकिसकेको छ भने अस्ट्रेलियामा निर्देशक रामबाबु गुरुङ, अभिनेता दयाहाङ राई र निर्माता रौनकविक्रम कँडेल आफैं फिल्म लिएर पुगेका छन्। अस्टे्रलियामा फिल्मको प्रिमियर भइसकेको छ।

दयाहाङ राई, प्रियंका कार्की, माओत्से गुरुङ, मेनुका प्रधान, पुष्कर गुरुङ, बुद्धि तामाङ, सुदाम सिके, डिबी गुरुङ लगायतले अभिनय गरेको फिल्मलाई काठमाडौंबाहिर मनोज राठी र उज्ज्वल पौडेल तथा काठमाडौंमा गोविन्द शाहीले वितरण गरेका हुन्।

फिल्मले आइतबारका लागि क्युएफएक्समा १३, एफक्युब र बिग मुभिजमा आठ–आठ, सिने डे सेफ र क्युजमा पाँच–पाँच शो पाएका छन्। शाहरुख खान अभिनित हिन्दी फिल्म ‘डियर जिन्दगी’ चलिरहँदा पनि ‘पुरानो डुंगा’ले यतिको शो पाउनुलाई ठूलो उपलब्धि मान्छन् वितरक गोविन्द शाही।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah