पछिल्लो समय नेपाली फिल्ममा युवापुस्ताको बोलवाला देखिएका छन् । विशेष गरी ०७४ को सुरुवातदेखि नै युवा हिरो–हिरोइनलाई नै दर्शकले मन पराएको देखिन्छ । एकताका एक्सन फिल्मले हलमा दर्शकको भीड लगाउने गर्थे ।

तर, पछिल्लो समय युवापुस्ताको प्रेमकथालाई नै पर्दामा धेरै मन पराइएको छ । कुनै समय थियो, जतिवेला भुवन केसी, शिव श्रेष्ठ, राजेश हमाल, करिश्मा मानन्धर, निरुता सिंह, श्रीकृष्ण श्रेष्ठ, रमेश उप्रेती, जल शाह, दिलीप रायमाझीलगायतका अभिनेता–अभिनेत्री निकै चल्तीमा थिए । तर, अहिले समय बद्लिएको छ ।

अहिले अनमोल केसी, प्रदीप खड्का, पल शाह, साम्राज्ञीराज्यलक्ष्मी शाह, दीपिका प्रसाईं, आना शर्मालगायतका भर्खर टिनएज पार गरेका नवयुवायुवतीको बोलवाला छ । एक समय राजेश हमाल निकै व्यस्त थिए । उनी एक दिनमै तीन सिफ्टसम्म सुटिङमा खटिन्थे ।

पचासको दशकको अन्त्यतिर हमाल यति चर्चित थिए कि एक–दुई सिनका लागि पनि उनलाई निर्माताले महँगो पारिश्रमिक तिर्थे । फिल्ममा दुई सिन भए पनि पोस्टरमा भने हमाललाई नै ‘हाइलाइट’ गरिन्थ्यो । वितरकले पनि हमाल हिरो भनेपछि आँखा चिम्लिएर फिल्ममा पैसा हालिदिन्थे । हमालले पनि कसको, के फिल्म भनेर कहिल्यै सोधेनन् । अफर आएजति फिल्म धमाधम खेल्दै गए । झन्डै तीन दशकको करिअरमा उनले तीन सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् ।

तर, उनै हमाल पछिल्लो समय फुर्सदमा छन् । अचेल उनलाई फिल्मको अफर जाँदैन । कुनै निर्देशकले फिल्ममा खेलाइहाले भने पनि पोस्टर तथा प्रोमोमा उनलाई राख्दैनन् । केहीले महानायकसमेत भन्ने गरेका हमाल पछिल्ला दिनमा भने फिल्मविहीन छन् । विशेष गरी उनी अभिनीत ‘मुखौटा’, ‘बागमती’, ‘सोल सिस्टर’ तथा ‘शकुन्तला’ फ्लप भएपछि निर्माताले उनको घरको बाटो मोडेका हुन् ।

निखिल उप्रेती पनि एक समय निकै चलेका थिए । डेब्यु फिल्म ‘पिँजडा’मा सात तलामाथिबाट हाम फालेर साहसिला अभिनेताका रूपमा चर्चा कमाएका उनी पनि एक समय राम्रैसँग व्यस्त भए । आफूलाई अभिनय र नृत्य गर्न नआउने स्विकार्ने निखिल चल्दाचल्दै अभिनेत्री सञ्चिता लुइँटेलसँग बिहे गरेर भारत पसे । भारतीय फिल्ममा आफ्नो भाग्य अज्माउने दाउमा रहेका उनलाई त्यहाँ कुनै उल्लेख्य उपलब्धि हासिल भएन । भारतमा काम नभएपछि उनी झन्डै पाँच वर्षपछि काठमाडौं फर्किए । यद्यपि, त्यसबीचमा पनि उनले ‘नबोले नि हाँसिराख न’ फिल्ममा अभिनय भने गरेका थिए । तर, त्यो फिल्म सफल भएन ।

हिन्दी फिल्म निर्माण गर्ने धूनमा काठमाडौं आएका उनी भारतीय नागरिक रतन दारुवालाको लगानीमा आफैँ निर्देशक बने ‘भैरव’ फिल्मबाट । ‘सिंघम’लगायतका विभिन्न हिन्दी फिल्मबाट प्रभावित भैरवले निर्देशकका रूपमा निखिललाई स्थापित गराउन सकेन, न त लगानीका हिसाबले निर्मातालाई फाइदा दियो ।

दारुवाला निखिलसँग झगडा गर्दै आफ्नो देश फर्किए । भैरवबाट आफू कमब्याक भएको भन्दै निखिलले त्यसपछि ‘लुटेरा’, ‘किङ’, ‘निर्भय’, ‘राधे’, ‘रुद्र’, ‘संरक्षण’, ‘पिँजडा’, ‘ब्याक अगेन’लगायतका फिल्ममा अभिनय गरे । निखिल अभिनीत प्रदर्शनमा आएका कुनै फिल्म पनि हिट भएनन् । यतिसम्म कि उनी आफैँले निर्माण गरेको रुद्र पनि असफल भयो ।

उनले आकाश पाण्डेलगायतका भारतीयको निर्माणमा ‘कमिटमेन्ट सिक्टी आवर’ नामक फिल्म निर्माण सुरु गरे । अर्थ अभावका कारण त्यो फिल्मको सुटिङ बीचमै रोकिएको छ । निखिल अभिनीत फिल्म मल्टिप्लेक्स हलले लगाउन नमान्ने भएकाले पनि उनलाई फिल्ममा लिन निर्माताहरू हिच्किचाउने गरेका छन् । सधँै उस्तै खालका एक्सनमा रमाउने गरेका निखिल पछिल्लो समय फिल्मविहीन छन् । उनको ‘पिँजडा ब्याक अगेन–४’ माघमा रिलिज हुँदै छ ।

त्यो फिल्मबाट भने उनी निकै आशावादी छन् । निखिलझैँ एकताका निकै चलेका हिरो हुन्, विराज भट्ट । विराजले पनि थुप्रै हिट फिल्म दिएका छन् । नेपाली फिल्ममा चल्दाचल्दै अधिक अर्थ उपार्जनको मोहमा भोजपुरी फिल्म अभिनयमा लालायित भएका विराजले झन्डै पाँच वर्षपछि रोज राणाको ‘जय पर्शुराम’बाट नेपाली फिल्म अभिनयमा ‘कमब्याक’ गरे ।

तर, दर्शकले विराजको ‘कमब्याक’लाई चासोपूर्वक लिइदिएनन् । त्यसकारण जय पर्शुराम असफल भयो । विराजलाई फेरि कुनै निर्माताले आफ्नो फिल्ममा लिने चाहना व्यक्त गरेनन् । अचेल विराज पहिलाझैँ जम्ने नेपाली फिल्मको खोजीमा छन् । तर, उनका फिल्म पनि मल्टिप्लेक्सका दर्शकले हेर्न चाहँदैनन् । त्यसकारण विराजलाई फेरि पर्दामा देखिहाल्न भने पाइनेछैन ।

आफ्नो समयमा चर्चित अभिनेता रमेश उप्रेती केशव भट्टराईको ‘ब्रास्लेट’ फिल्मबाट अभिनयमा फर्किए । सात वर्ष अमेरिका बसेका रमेशलाई ब्रास्लेटले फाइदा नदिएपछि चर्चा भने दिलायो । फलस्वरूप उनी आफैँले ‘ऐश्वर्य’ फिल्म निर्माण गरे । ऐश्वर्यबाट भने निर्माता तथा अभिनेताका रूपमा रमेशको चर्चा राम्रै भयो । रमेश अचेल त्यही ऐश्वर्यको प्रदर्शनका लागि विभिन्न देश पुगिरहेका छन् । उनी अर्काे साल नयाँ फिल्म बनाउने योजनामा छन् ।

सबैले हाई–हाई गर्दागर्दै ‘बाई–बाई’को स्थितिमा पुगेका हिरो हुन्, आर्यन सिग्देल । अफर आएका कतिपय फिल्म लत्याएका आर्यनले ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ नामक फिल्म पनि निर्माण गरे । तर, ती दुवै फिल्मले उनलाई आर्थिक मुनाफा भने दिलाएन । अब उनी फेरि अर्काे फिल्म बनाउने तयारीमा जुटेका छन् ।

लक्ष्मण रिजालको निर्देशनमा बन्ने उनको फिल्मको नाम छ– ‘कायरा’ । कायरामा शीर्ष भूमिका साम्राज्ञीराज्यलक्ष्मी शाहले निर्वाह गर्दै छिन् । आर्यन अभिनीत पछिल्लो फिल्म ‘रुद्रप्रिया’ सफल भएन । अचेल आर्यनलाई फिल्मको अफर जान लगभग बन्द नै भएको छ । थिएटर हुँदै फिल्मको पर्दामा समेत आफ्नो वर्चस्व कायम गरेका दुई अभिनेता हुन्, दयाहाङ राई र सौगात मल्ल । तर, पछिल्लो समय उनीहरू अभिनीत फिल्मले पनि दर्शक पाउन छाडेको छ ।

सौगात अभिनीत ‘लुकामारी’, ‘मेरो पैसा खै’, ‘झ्यानाकुटी’लगायतका फिल्मले न दर्शकको मन जिते, न त निर्मातालाई खुसी बनाउन सके । दयाहाङका ‘हाउ फन्नी’, ‘सम्बोधन’, ‘तान्द्रो’लगायतका फिल्मले पनि दर्शक तान्न सकेनन् ।

यद्यपि, सौगात र दयाहाङको हातमा फिल्म पर्ने क्रममा कमी भने आएको छैन । आफ्नै लेखन र लगानीमा ‘टलकजंग भर्सेस टुल्के’ निर्माण गरेका खगेन्द्र लामिछानेलाई ‘पशुपतिप्रसाद’ले निकै राम्रो ख्याति दियो । तर, उनको त्यो ख्याति ‘धनपति’मा आएर स्खलित भयो । यद्यपि, खगेन्द्रलाई दर्शकले कुशल अभिनेताका रूपमा भने लिने गर्छन् ।

पछिल्लो समय विपीन कार्की नयाँ स्टारका रूपमा उदाएका छन् । विशेष गरी उनलाई पशुपतिप्रसाद फिल्मले चर्चामा ल्याएको हो । त्यसपछि उनको जात्रा पनि सफल भयो । तर, ‘लुट–२’बाट भने उनलाई दर्शकले खासै वास्ता गरेनन् । अब उनी अभिनीत ‘लालपुर्जा’ र ‘नाका’ दर्शकको प्रतीक्षामा छन् । खगेन्द्र, दयाहाङ, सौगात, विपीनलाई ‘हिरो’भन्दा पनि ‘अभिनेता’का रूपमा लिने गरिन्छ ।
पछिल्लो समय ‘हिरो’का रूपमा उदाएका युवा हुन्, अनमोल केसी, प्रदीप खड्का, पल शाह र सलिनमान बानियाँ ।

अनमोल अभिनीत अहिलेसम्मका चारवटै फिल्म सुपरहिट भएका छन् । अब उनको ‘कृ’ प्रदर्शनको तयारीमा छ । अनमोललाई आफ्नो फिल्ममा लिन अधिकांश निर्माता, निर्देशक लालायित छन् । उनलाई केही निर्माताले ५० लाख रुपैयाँसम्म पारिश्रमिक दिन पनि तयार छन् । उनले पैसाका लागि फिल्म नखेल्ने अडान दोहो¥याउँदै आएका छन् ।

अनमोलपछि निर्माता, निर्देशकको रोजाइमा पर्ने अभिनेता हुन्, प्रदीप खड्का । प्रदीप अभिनीत ‘प्रेमगीत’ र ‘प्रेमगीत–२’ दुवै हिट भए । हाल उनी युरोपमा ‘लिलीबिली’ फिल्मको सुटिङमा व्यस्त छन् । प्रदीपझँै हिट फिल्म दिएका युवा अभिनेता हुन्, पल शाह । पलका ‘नाइँ नभन्नु ल–४’, ‘म यस्तो गीत गाउँछु’ र ‘जोनी जेन्टलम्यान’ प्रदर्शन भइसकेका छन् । पछिल्लो समय उनले महसञ्चारको ‘शत्रुगते’ फिल्ममा अभिनय गरेका छन् ।

अभिनेत्री झरना थापाले ‘ए मेरो हजुर–२’बाट नयाँ हिरो सलिनमान बनियाँ जन्माइन् । फिल्म हिट भयो । तर, आफू केही वर्ष फिल्म नखेल्ने भन्दै सलिनमान फेसन व्यापारमा लागेका छन् ।

युवापुस्ताका दर्शकमाझ सलोन बस्नेत, ‘चपली हाइट–२’बाट डेब्यु गरेका आयुषमान देशराज, ‘ग्याङस्टर ब्लुज’बाट डेब्यु गरेका आशिरमान देशराज, ‘के म तिम्रो होइन र’का आर्यन अधिकारी, ‘म त तिम्रै हुँ’का आकाश श्रेष्ठलगायतका युवा हिरोको पनि राम्रै क्रेज देखिन्छ । यीबाहेक दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दीपाश्री निरौला, शिवहरि पौडेल, निश्चल बस्नेतजस्ता पाका तथा अधबैँसे कलाकारको भने नेपाली फिल्म उद्योगमा आफ्नै ‘स्टारडम’ छ । उनीहरूलाई चिनाइरहनुपर्दैन । ईनया पत्रीका बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah