गएको बर्ष स्टारडस्ट अवार्डको रेड कार्पेटमा सोनम कपुरमा सबैको ध्यान खिचियो । कारण थियो, उनको पहिरन । झट्ट हेर्दा नग्न जस्तो देखिने पहिरनमा ठाँटिएकी सोनमले जसै रेड कार्पेटमा पाइला राखे, हजारौं आँखा उनीतर्फ तेर्सिए ।

यो अपवाद थिएन । सोनमले थुप्रै पटक पहिरनको कारण चर्चा पाए, आलोचना पनि । खासगरी उनी बलिउड इभेन्टहरुमा यस्तो पहिरन लगाउँछिन्, जसमा छाती उदाङ्गो हुनेगर्छ । सोनमको बोल्ड गेटअपले जिब्रो टोक्न बाध्य बनाउँछ ।

सोनम कपुरलाई चिनाउने केहि विशेषण छन् । जस्तो कि, उनी एकताकाका चर्चित अभिनेता अनिल कपुरकी छोरी हुन् । अर्को चाहि फेसन डिजाइनर । उनलाई बलिउडकी टप फेशनिस्टा मानिन्छ । त्यही कारण हुनसक्छ, उनी फेसनमा नयाँ-नयाँ प्रयोग गरिरहेकी हुन्छिन् ।

फरक कोणको फोटो

उनी अनौठा पहिरनको कारण बिवादमा पनि तानिन्छन् । केहि समयअघि अंग्रेजी अखबारले उनको एक फोटो छापेको थियो, जसको एंगललाई लिएर विवाद भयो । उक्त तस्विर छापिएपछि सोनम निकै दुखी भएको बताइन्छ । कुनै कार्यक्रममा सहभागी हुन पुगेकी सोनम कालो पहिरनमा थिइन् । त्यही बेला फरक कोणबाट उनको फोटो खिचियो । उक्त फोटोमा उनको स्तन देखिएको थियो ।

फोटो सोशल मिडियामा भाइरल भयो । धेरैले सोनमको खिल्ली उडाए । अन्ततः उनले मुख खोल्नै पर्‍यो । सोनमले फेसबुकमै लेखिन्, ‘म आफ्नो पहिरनप्रति एकदमै सहज थिएँ । मैले केहि कामको पनि कुरा गरेकी थिएँ । तर, तपाईहरु केवल यो फोटोमा मात्र केन्दि्रत हुनुहुन्छ ।’

बिहेको बोल्ड लुक्स

यस्तै, फेसन डिजाइनर शेला खानको ब्राइडल कलेक्सनका लागि सोनमले एक फोटोशुट गराइन् । उक्त पहिरनमा पनि उनी निकै कामुक देखिएकी थिइन् । उनले पहिरिएकी अफ शोल्डर चोलीप्रति दर्शकले आपत्ति जनाएका थिए ।

म्यागजिनको लागि उदाङ्गो

यसपाली सोनमले भोग म्यागजिनका लागि कभर फोटोशूट गराइन् । उक्त फोटो पनि विवादरहित भएन । आफैले इस्न्टाग्राममा पोस्ट गरेको उक्त तस्विरमा उनी निकै हट देखिएकी थिइन् ।

अर्काले जे सुकै भन्छ

त्यसो त फेसनका सम्बन्धमा सोनमको आफ्नै तर्क र परिभाषा छ । उनले इन्स्टाग्राममा लेखेकी छिन्, ‘म सधै यो मान्छु कि, फेसनले केवल महिलालाई आकर्षक मात्र बनाउँदैन, आत्माविश्वास पनि जगाउँछ ।’

सोनम आफ्नो बुवाबाट फेसन सेन्स लिएर आएको बताउने गर्छिन् ।

सोनम भन्छिन्, ‘तपाई के लगाउन चाहनुहुन्छ, त्यसमा तपाईको निर्णय हुनुपर्छ । मैले लगाएको पहिरनमा अरुले के भन्छ भनेर उनीहरुकै हेराई अनुसार फेसन नगरौ । जस्तो कि, म गर्छु ।’

फेसनमा ओपन सोनम

फेसन डिजाइनरहरुले भन्ने गरेका छन्, सोनम कुनैपनि फेसन गर्नका लागि कतिपनि कञ्जुस्याँइ गर्दिनन् ।

भोग म्यागजिनका फेसन डाइरेक्टर अनिता श्राफ अदजानिया भन्छिन्, ‘सोनम फेसनको लागि आफुलेृ आफैलाई कुनै बक्समा बन्द गर्न चाहन्न् । अर्थात हरेक किसिमको फेसन ट्राई गर्छिन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah