प्रकाश योगी
तमु ल्होसारको अवसरमा टुडिखेलमा आयोजित खुल्ला लोकदोहोरी प्रतियोगितामा बिबाद चुलिएको छ । २१ समुह सहभागी प्रतियोगितामा निर्णायकहरुले गुरुङ् कलाकार सहाभागी टिमलाई सहयोग गरेको भन्दै अन्य प्रतियोगीले आरोप लगाएका छन ।
बिसेस गरि राजधानी रोधी र मिर्मिरे दोहोरी बिचको दोहोरी खेल बिबादमा रह्यो। धेरै ठाउमा प्रतियोगिता जिति सकेका रबिन लामिछाने राजधानी दोहोरीबाट सहभागी थिए । मिर्मिरे दोहोरीबाट भाग लिएकी बबिता गुरुङ्ले रबिन सङ्ग गाएको दोहोरी अनुप्रासको न्युनतम पनि ज्ञान नभएको र शब्द उच्चारण पनि असुद्ध देखिएको भन्दै अन्य दोहोरीका सहभागी प्रतियोगीहरुले गुनासो गरेका छन ।
जुनकिरी दोहोरीबाट सहभागी यज्ञ भट्टराइले आफ्नो बिपक्षीले स्पस्ट रुपमा अन्त्यानुप्रास बिगार्दा नि उक्त टिममा गुरुङ् भएकै कारण हराएको गुनासो गरे।पोटमा राती अबेर सम्म थिए तर निर्णयबाट निक्कै असन्तुस्ट देखिए। दोहोरी हेर्न पुगेका राजधानी दोहोरीका सन्चालक एबम लोक गायक प्रकाश कटुवालले आफुलाई निर्णय सुन्दा हासो उठेको बताए । यस्तो पक्ष पाती निर्णय बिरुद्ध आफुले आयोजक समक्ष निबेदन दिएको पनि बताए । रबिन लामिछानेले अब तमु ल्होसारमा तमु कलाकारले मात्र भाग लिए हुने बताए ।
सो निर्णय विरुद्ध चर्चित लोक दोहरी कलाकार प्रकाश कटुवाल आफ्नो फेसबुक स्ट्याटस पनि लेखेकाछन्।
यसै गरि चर्चित लोकदोहरी गायक गायिका उमा श्रेष्ठ, गायक भिमसेन खतिवडा, अमृत खाती ,गायिका स्मृति गौतम लगायतले यसको बिरोध गरेकाछन् ।


यो समाचार लेखक मा निहित छ



