चलचित्र विकाश बोर्डका निबर्तमान अध्यक्ष राजकुमार राईले चलचित्र निर्माता सरोज थापा अर्थात रोज राणालाई र आफू विरुद्धको समाचार प्रकाशित गर्ने पत्रिकालाई कडा बिज्ञप्ती निकालेर चेतावनी दिएका छन् । बिज्ञप्ती मार्फत उनले भनेका छन्,– ‘एउटा घटनाको परिकल्पना गरेर हुँदै नभएको ‘दृश्य’ कथेर मेरो छवी धुमील बनाउने प्रायोजीत समाचार प्रकाशमा आएपछि मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’

उनले बिज्ञप्तीमा थपेका छन् – ‘एउटा पत्रिकाले लेखेको प्रायोजित समाचारलाई आम मिडियाले अन्धरुपमा साभार गर्ने र ‘प्रोपोगन्डा’ सृजना गर्ने वर्तमान परिपाटीले धेरैलाई पीडित बनाएको छ । यस पटक यसै प्रकारको पीडाको सामना मैले पनि गरिरहनु परेकोमा म दुखि छु ।’

एउटा साप्ताहिक पत्रिकाले राजकुमार राई रोज रोणाका अगाडि कापेको समाचार प्रकाशमा आएपछि राईले खण्डन गर्दे विज्ञप्तीमा भनेका छन् –‘म डराउने र काप्नेगरी आजका मितिसम्म कुनै काम नगरेको र राजकुमार राई डराउनेगरी कुनै ब्यक्ति पनि नजन्मिएको’ उनले प्रष्ट पारेका छन् ।
प्रस्तुत छ, राईले आज प्रकाशित गरेको बिज्ञप्ती जस्ताको त्यस्तै –

प्रिय मित्रहरु
विषय – गम्भिर ध्यानाकर्षण भएको सम्बन्धमा ।
मित्रहरु, नेपाली सञ्चार जगतको भूमीका प्रति म सधैं सकारात्मक छु । सूचनाको पहुँच बिस्तार हुनुले नेपालीहरुको चेतनाको स्तर उकासिएको सहजै मूल्यांकन गर्न सकिन्छ । तर, यही बृत्तमा यस्ता पनि केही सञ्चार र सञ्चारकर्मी छन् जसको खेतीपाती नै अरुको मानमर्दन गर्ने र सुकिलो छवीमा हिलो छ्याप्ने कार्यमा सीमित छ ।
प्रसंग केही दिन अघिको हो । एउटा घटनाको परिकल्पना गरेर हुँदै नभएको ‘दृश्य’ कथेर मेरो छवी धुमिल बनाउने प्रायोजीत समाचार प्रकाशमा आएपछि मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यो त्यही पत्रिका हो, जसले म लगायतका धेरै चलचित्रकर्मीलाई बेला–बेला लखेट्दै आएको प्रमाणहरु मैले सुरक्षित राखेको पनि यहाँहरु समक्ष जानकारी गराउन चाहान्छु । एउटा पत्रिकाले लेखेको प्रायोजित समाचारलाई आम मिडियाले अन्धरुपमा साभार गर्ने र ‘प्रोपोगन्डा’ सृजना गर्ने वर्तमान परिपाटीले धेरैलाई पीडित बनाएको छ । यस पटक यसै प्रकारको पीडाको सामना मैले पनि गरिरहनु परेकोमा म दुखि छु ।

मित्रहरु, समाचारमा उल्लेख भए अनुसारको मैले चलचित्र विकाश बोर्डका कतिपय सामाग्री बुझाउन बाँकी छ भन्ने कुरा सही हो । बिकाश बोर्डको म निवर्तमान अध्यक्ष भएकाले बोर्डसँग हिसाव फस्र्योट बा“की रहेकाले समाचार लेख्न हतार गरेको जानकारी गराउन चाहान्छु । र, आजका मितिसम्म मैले हरेक संस्थामा रहँदा पारदर्शीता अपनाएको सवैका सामुन्ने घाम जत्तिकै छर्लङ्ग छ । जहाँसम्म निर्माता संघको फर्निचरको समाचार छ, ती फर्निचर मैले ब्यक्तिगत रुपमा खरिद गरेको प्रमाण समेत निर्माता संघमा सुरक्षित छ ।

मित्रहरु, राजकुमार राईले डराउने र काप्नेगरी आजका मितिसम्म कुनै काम नगरेको र म डराउनेगरी कुनै ब्यक्ति पनि नजन्मिएको अवगत गराउँदै आइन्दा त्यस प्रकारका तुच्छ समाचार प्रकाशमा आएको खण्डमा म कानुनी लडाई लड्न बाध्य हुने समेत जानकारी गराउँछु । पीत पत्रकारिता गर्ने मिडिया र मिडियाकर्मीलाई कानुनी उपचार मार्फत ठेगान लगाउन सम्बन्धित निकाय चनाखो बन्नु पर्छ भन्नेमा पनि मेरो सदैभ माग रहँदै आएको छ । धन्यबाद ।

राजकुमार राई
चलचित्र निर्माता
२०७४ पुष २०

लालिगुरास बाट सभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah