बालन्द माबो दुई दशक भन्दा लामो समय देखी निरन्तर संगीतिक क्षेत्रमा पाईला चालीरहेका गायक राजु आङ्देम्बे मर्मस्पर्सी गीत “गर्भमा मारे हुन्थ्यो नी आमा” लिएर दर्शक स्रोता माझ आएकाछन् । आफ्नो आमाले जन्म दिएर छोडी दिने, लालन पालन नगरी अन्तै हिडी दिए पछी बच्चा आमाको मायाबाट बन्चित हुन पुग्छ ।
फलस्वरुप बच्चा सडक बालक हुन्छ । संगैको साथीहरु स्कुल जाँदा आफु एउटा बोरा बोकेर फोहोरमा प्लास्टीक भेला पार्नु पर्दा जिन्दगी देखी निरास भएर यदि हुर्काउनु थिएन भने गर्भमै मार्नु नी आमा जन्म दिएर किन आमाको कर्तब्य पुरा गर्नु भएन भन्ने भाव बोकेको यो गीतले जो कसैको मन छुने गर्छ ।
करीब १५० भन्दा बढी गीत गाइसकेका गायक राजुको लिम्बु भाषा र नेपाली गरी एक दर्जन एल्बम बजारमा आईसकेकाछन ।बिशेस लिम्बु भाषा गीतको प्रतिनिधी गरीरहेका गायक राजु आङ्देम्बेले आफ्नै शब्द रचना र आफ्नै जीवनको सेरोफेरोमा रहेर गीत तयार परेकाछन् । यस गीतलाई कम्पोज पारस मुकारुङ र एरेन्ज दिनेश सुब्बले गरेकाछन् । गीतको म्युजिक भिडीयोलाई आसा लाग्दा नव निर्देशक किरन चाम्लिङ राईले गरेकाछन् । भिडीयोमा प्रथम लामा ,पशुपती राई, र बिसुतको अभिनय देख्न सकीन्छ ।
https://www.youtube.com/watch?v=LNhfpzkrU0Q



