प्रकाश योगी / मलेसिया चाइनिज नया बर्ष २०१८ को लामो बिदा को अबसर पारेर मलेसिया मा बिबिध सास्कृतिक कार्यक्रम आयोजना हुने गरेका छन । यसै बिच मा सगुन सास्कृतिक मंच जोहर मलेसिया ले आयोजना गर्न लागेको चाइनिज न्यु एयर कन्सर्ट २०१८ नामक कार्यक्रम मलेसिया का ३ ठुला सहर मा चाइनिज नया बर्ष को अबसर मा आयोजना हुने आयोजक संस्था ले जानकारी दिएको छ । आयोजक संस्था का अनुसार यो कार्यक्रम फेब्रुअरी १६ न्युयोर्क होटेल जोहरबारु १७ फेब्रुअरी देवनहल मलक्का ओसियन फेब्रुअरी १८ बातुपाहाड मा आयोजना हुने छ ।
कार्यक्रम मा देश तथा बिदेश मा चर्चा कमाएका रास्ट्रीय तथा स्थानीय दर्जनौ कलाकार ले कार्यक्रम मा आफ्नो प्रस्तुति दिने छन रास्ट्रीय कलाकार मा पछिल्लो समय कि चर्चित लोक गायिका भुमिका गिरी चर्चित हास्यकलाकार बिष्णु सापकोटा (हर्के हल्दार) नेपाल आइडल टप ४ का प्रतिस्पर्धा सागर आले मोडल तथा डान्सर एलिसा राई गायिका दीपा लामा पप गायक सुनिल मगर को जोडदार प्रस्तुति रहने छ ।
आयोजक संस्था सगुन सास्कृतिक मंच ले कार्यक्रम को तयारि अन्तिम चरण मा पुगेको जनाएको छ । सगुन सास्कृतिक मंछ ले आयोजना गरेको उक्त कार्यक्रम को स्पोन्सर भने आउन बाकी रहेको छ एन आर एन ए मलेसिया को सपोर्ट रहेको चाइनिज न्यु एयर कन्सर्ट २०१८ को मिडिया पाटनर www.osnepal.com www.hamrosanchar.com www.sawalnepal.com www.artistkhabar.com www.darpanepal.com रहेका छन ।










