काठमाडौं, ३ माघ — आफ्नो प्रभावशाली अभिनय र फरक भूमिकाका लागि प्रसिद्ध विद्या बालनले हालै तुम्हारी सुलु नामक फिल्मबाट प्रशंसा पाएकी थिइन् । यस फिल्ममा विद्याले रेडियो जकी बन्ने एक मध्यमवर्गीय परिवारको महिलाको भूमिका निर्वाह गरेकी छन् ।

आफूले खेलेका फिल्महरूका बारेमा विद्या भन्छिन्, ‘तुम्हारी सुलु र डर्टी पिक्चर दुवै महिलाप्रधान फिल्म हुन् तर यिनमा मेरो भूमिका फरक फरक थिए । डर्टी पिक्चरमा सिल्क स्मिताले आफ्नो शरीरलाई मुद्राको जस्तो गरी प्रयोग गरेकी थिइन् भने सुलु साहस र आत्मविश्वासको प्रयोग गर्छिन् ।’

उनले थपिन्, ‘सुलुले महिलाहरू लेट नाइट जब गर्न सक्दैनन् भन्ने सोचलाई तोडेकी छन् । अनि सेक्सी हुनका लागि छोटा स्कर्ट र लामो गोडा हुनुपर्छ भन्ने छैन । यो फिल्म गर्नुअघि म मध्यमवर्गीय एक विवाहिता महिलाले अपरिचित मानिसहरूसँग निजी कुरा गर्न सक्छिन् भनेर पत्याउँदिनथें ।’

सेक्सीको आफ्नै परिभाषा दिँदै विद्या भन्छिन्, ‘मेरो लागि सेक्सी हुनु भनेको सेक्सी देखिनु हैन, सेक्सी हुनु हो । भाँडाकुँडा माझ्दै गर्दा सुलु आफ्नो पतिलाई भन्छिन् – हामीले सेक्स गरेको धेरै दिन भयो । मेरो नजरमा सेक्सी हुनु भनेको यही हो । मानिसहरू तपाईंको लूक्समाथि टिप्पणी गरेर सेक्सी भनिदिन्छन् तर तपाईं लूक्सले नभई सोचले सेक्सी हुनुहुन्छ ।’

एजेन्सी 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah