युट्युबमा आफ्नो गीतका माध्यमबाट पहिचान बनाएकी गायिका क्रिसी चेम्बर्सले भनेकी छन् कि पूर्व प्रेमीले गोप्य सेक्स भिडियो अनलाइनमा पोष्ट गरिदिएपछि यसको असर जिन्दगीभर परेको छ । उनले भनिन्, ‘यस घटनाले मेरो जिन्दगीभर असर पारेको छ, मलाई लाग्छ आउने समयमा पनि यसले असर गर्नेछ ।’
पूर्व प्रेमीविरुद्ध चार वर्ष कानुनी लडाइँ लडेकी चेम्बर्स युट्युब म्युजिसियनबाट ‘रिवेन्ज पोर्न क्याम्पेनर’ जसरी चर्चित भएकी थिइन् । क्रिसी चेम्बर्सले बताइन्, ‘मलाई सुरुवातमा एक मित्र तथा प्रशंसकका माध्यमबाट भिडियो भाइरल भएको थाहा पाएँ ।’
‘केहीले मेरो युट्युब च्यानलमा लिंक शेयर गरेका थिए र उनीहरुले भनेका थिए ‘तपाईंलाई के लाग्छ, क्रिसी चेम्बर्स रोल मोडल हो ? ऊ एक वेश्या हो, यो भिडियो हेरेपछि थाहा हुन्छ ?’, उनले भनेकी छन् ।
क्रिसी चेम्बर्सले अगाडि भनिन्, ‘मैले लिंकमा क्लिक गरेँ, मलाई लाग्यो आखिर के भएको हो, म स्तब्ध भएँ, मेरो संसार नै खत्म भएको महसुस भयो ।’
यस घटनापछि डिप्रेशनमा परेकी क्रिसी चेम्बर्स भन्छिन्, २३ वर्षको उमेरमा मादक पदार्थ पिउन थालेँ, म मरेतुल्य थिएँ, मेरो आफन्तहरुलाई असर गरेको थियो ।’
‘म आफ्नो पार्टनरसँग मिलेर एक सफल युट्युब च्यानल चलाइरहेको थिएँ’, उनी भन्छिन्, ‘हामीलाई ५० हजार युवा महिलाहरुले फ्लो गरेका थिए । तर, त्यो भिडियो देखेपछि उनीहरुले मलाई नराम्रो भने ।’
कानुनी दफामाथि कुरा गर्दै क्रिसी चेम्बरले भनिन्, ‘मेरो पूर्व प्रेमीले जतिखेर त्यो भिडियो अपलोड गरेका थिए त्यतिखेर ‘रिवेन्ज पोर्न’ कानुन ब्रिटेनमा पास भएको थिएन । जब कानुन बन्यो, त्यसपछि ब्रिटेन आएर उजुरी दर्ता गराउन गएँ । तर, आपराधिक मामिलामा कारबाही सम्भव नरहेको बताए ।’
एक महिनामा पैसा जम्मा गरेँ, यस मामिलामा मलाई मानिसहरुले धेरै साथ दिए, केही स्थानमा नराम्रो अनुभव गरेपनि यो केस मैले जितेँ, सबै भिडियोको कपिराइट पनि पाएँ ।’
बीबीसीबाट



