उर्लाबारी/चौथो अन्तर मावि स्तरीय छात्र फुटबल प्रतियोगिता शुक्रबारदेखि उर्लाबारीमा शुरु भएको छ । उर्लाबारी–७ स्थित सार्वजनिक माध्यमिक विद्यालयको आयोजनामा उर्लाबारी नगर स्तरीय मावि फुटबल प्रतियोगिता शुरु भएको हो ।

उर्लाबारी नगर क्षेत्रका ७वटा सामुदायिक विद्यालय,एउटा निजी र रतुवा माईको एक विद्यालय गरी ९ वटा विद्यालयहरुको रहेको उक्त प्रतियोगिताको पहिलो दिन दिन चार वटा खेलहरु भएको विद्यालयका प्रधनाध्यापक टंकप्रसाद दुलालले जानकारी दिए ।
विद्यालयको अगाडि रहेको आमबारी खेल मैदानमा भएको पहिलो खेलमा आयोजक सार्वजनिक मावि विजयी भएको छ । राधिमा माविलाई उसले २–१  गोल अन्तरले हराउदै विजयी भएको हो ।

शुक्रबार नै भएको दोस्रो खेलमा महेन्द्र मावि रतुवामाई विजयी भएको । उर्लाबारी–२को सुनपकुवा माविलाई उसले १–० गोल अन्तरले हराउदै विजयी भयो ।
उर्लाबारी–८ लक्ष्मी मावि र उर्लाबारी–३ दुर्गा माविबीच भएको खेलमा लक्ष्मी मावि विजयी बन्यो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि ट्राइबेगरमा खेल धकेलिएको थियो । ट्राईबेकरमा लक्ष्मी माविले दुर्गा माविलाई ४–२ गोल अन्तरले हराएको थियो ।
अरिनका मावि उर्लाबारी–८ र राधिका मावि उर्लाबारी–६ बीच भएको खेलमा अरनिको मावि विजयी भयो । उसले राधिका माविलाई २–० गोल अन्तरले हराउदै विजयी बन्न सफल भयो ।

शनिबारको खेल आयोजक सार्वजनिक मावि र नेबुला बोर्डिङबीच हुने छ ।

विद्यालयको आयोजना भएको सो प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद ५ हजार सहित ट्रफि मेडल र प्रमाणपत्र,दोस्रो हुनेलाई नगद २५सय सहित ट्रफि,मेडल र प्रमाणपत्र प्रदान गरिने प्रधानाध्यापक दुलालले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट गोलकिप्पर,हाइ स्कोर र म्यान अफ द सिरिज लगायत अन्य विधामा पुरस्कारहरु राखिएको विद्यालयले जनाएको छ ।

शुक्रबार भएको उद्घाटन कार्यक्रममा उर्लाबारी नगरपालिका शिक्षा विभाग प्रमुख अभिकेशर सुवेदीको प्रमुख अतिथी,स्रोत व्यक्ति पुण्यप्रसाद घिमिरको विशिेष्ट आतिथ्य र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुरुराज आङबहाङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैबीच सार्वजनिक माध्यमिक विद्यालय उर्लाबारी–९लाई आर्थिक सहयोग प्राप्त भएको छ । केबिआई ग्रुप हङकङले विद्यालयको अक्षय कोष निर्माण सहयोगार्थ नगद एक लाख ८० हजार सहयोग प्रदान गरेको हो । शुक्रबार विद्यालय परिसरमा आयोजित एक कार्यक्रमकाबीच केबिआइका सदस्य इन्द्र खापुङले उक्त रकम विद्यालयलाई हस्तान्तरण गरे । केबिआई ग्रुपले नगद ५० हजार र विद्यालयको तर्पmबाट हङकङमा पठाइएको सहयोग रसिदबाट एक लाख ३० हजार गरी कुल एक लाख ८० हजार रकम केबिआई गु्रपको तर्पmबाट सहयोग गरिएको हो ।

सोही कार्यक्रममा उर्लाबारी फुटबल क्लबका सदस्य विजु श्रेष्ठले विद्यालयलाई एक थान फुटबल प्रदान गरेका थिए ।

२०२२ सालमा स्थापना भएको सार्वजनिक माविमा हाल साढे तीन सय विद्यार्थीहरु अध्ययनरत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah