काठमाडौं – राष्ट्रिसभामा प्रत्येक प्रदेशबाट एकल संक्रमणीय प्रणालीमार्फत आठ–आठजना निर्वाचित भएर आउनेछन् । तीन जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गरी ५९ सदस्यीय राष्ट्रियसभा हुनेछ । राष्ट्रियसभाको निर्वाचन माघ २४ गते हुने कार्यक्रम छ ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभामा विजयी सदस्य, गाउँपालिका, नगरपालिकाका अध्यक्ष÷प्रमुख, उपाध्यक्ष÷उपप्रमुख मतदाता हुने व्यवस्था छ । मतदाताको मतभार फरकफरक निर्धारण गरिएको छ । प्रदेशसभा सदस्यको एक मतलाई ४८ मतभार दिइनेछ । त्यसैगरी स्थानीय तहका मतदाताको एक मतलाई १८ मतभार दिइनेछ।

एकल संक्रमणीय भनेको प्राथमिकतामा आधारमा मत दिने प्रणाली हो । यसमा उम्मेदवारको क्रमसंख्या निर्धारण गरिन्छ र कम मत प्राप्त गर्ने उम्मेदवार सूचीबाट हट्नेछ।

निश्चित थ्रेसहोल्ड पार गरेका दलको पहिलो प्राथमिकतामा परेका उम्मेदवारले प्राप्त गरेको मत बाँकी रहेपछि अर्का उम्मेदवारमा सर्दै जान्छ । त्यसपछि सूचीअनुसार उम्मेदवार निर्वाचित हुँदै जानेछन् । यसमा सिट निर्धारण विधि प्रयोग गरिन्छ । निर्वाचित हुने सिट संख्यामा १ जोडेर आउने संख्याले कुल मतभारलाई भाग गरी आउने संख्यामा फेरि १ जोडेर निर्वाचित हुन आवश्यक मतसंख्या निकालिनेछ।

उदाहरणका लागि प्रदेश नम्बर एकलाई लिन सकिन्छ । ९३ सदस्यीय प्रदेशसभा रहेका यो प्रदेशमा स्थानीय तहको संख्या १ सय ३७ छ । राष्ट्रियसभासम्बन्धी विधेयकमा प्रदेशसभाका सांसद एकजना बराबरको मतभार ४८ प्रस्ताव गरिएको छ भने स्थानीय तहका अध्यक्ष÷उपाध्यक्ष, प्रमुख÷उपप्रमुख एकजना बराबरको मतभार १८ प्रस्ताव गरिएको छ । यस हिसाबले प्रदेशका कुल सांसद ९३ जनालाई ४८ ले गुणा गर्दा प्रदेश सासंदको कुल मतभार ४ हजार ४ सय ६४ हुनेछ।

त्यसैगरी १ सय ३७ स्थानीय तह रहेको यो प्रदेशमा प्रमुख र उपप्रमुख गरी २ सय ७४ जना निर्वाचक मण्डल (इलेक्ट्रोल) मा हुनेछन् । उनीहरू प्रत्येकको प्रस्तावित मतभार १८ रहेकोमा यो संख्यालाई २ सय ७४ ले गुणा गर्दा स्थानीय तहका प्रतिनिधिको कुल मतभार ४ हजार ९ सय ३२ हुन आउँछ।

प्रदेश १
प्रदेशसभामा एमालेका प्रत्यक्षतर्फ ३६ र समानुपातिक १५ जनाले जितेका छन् । त्यसको मतभार २४ सय ४८ हो । त्यसैगरी स्थानीय चुनावमा प्रमुख र उपप्रमुख गरी १ सय ५४ जना जितेका छन् । जसको मतभार २७ सय ७२ हुन आउँछ।
माओवादी केन्द्रको प्रदेशसभामा प्रत्यक्षमा १० र समानुपातिकमा ५ गरी १५ जना सदस्य छन् । तिनीहरुको प्रतिव्यक्ति ४८ मतभारले जम्मा ७ सय २० हुन आउँछ । माओवादी केन्द्रको स्थानीय चुनावमा प्रमुख–उपप्रमुख गरी १६ जना जितेका छन् । जसको मतभार २ सय ८८ हुन आउँछ।

प्रदेश १ मा वाम गठबन्धनको मतभार ६२ सय २८ हुन आउँछ । एकजना राष्ट्रियसभा सदस्य जित्न २३ सय ५० मत चाहिन्छ ।
नेपाली कांग्रेसका प्रत्यक्षतर्फ ८ जना र समानुपातिकमा १३ सदस्य गरी २१ जना सदस्य छन् । उनीहरुको मतभार १ हजार ८ हुन आउँछ । स्थानीय तहमा प्रमुख र उपप्रमुख गरी कांग्रेसका ९६ जना छन् । तिनीहरुको मतभार १७ सय २८ हुन आउँछ।

प्रदेश २
प्रदेश २ मा एमालेको प्रत्यक्ष १३ र समानुपातिक ७ गरी २० प्रदेशसभा सदस्य छन् । प्रदेशसभा सदस्यको मतभार ९६० हुन आउँछ । त्यसैगरी स्थानीय तहमा एमालेका ३७ जना मतदाता छन् । उनीहरुको मतभार ६६६ हुन्छ । प्रदेश २ मा एमालेको १६२६ मतभार हुन आउँछ।

माओवादी केन्द्रको प्रत्यक्ष ७ र समानुपातिक ८ गरी १५ जना प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । उनीहरुको मतभार ९६० हुन आउँछ । स्थानीय तहमा ४५ मतदाताको मतभार ८१० हुन आउँछ । यस प्रदेशमा माओवादीको जम्मा १५३० मतभार छ । प्रदेश २ मा एमाले र माओवादी केन्द्र गरी वाम गठबन्धनको ३१५६ मतभार रहेको छ।

यस प्रदेशमा कांग्रेस, राजपा, संघीय समाजवादी फोरम, नयाँ शक्तिको गठबन्धन छ । प्रत्यक्षमा कांग्रेसको ८, समानुपातिकमा ११ गरी १९ जना छन् । उनीहरुको मतभार ९१२ हुन्छ । त्यसैगरी राजपाको प्रत्यक्ष १५, समानुपातिक १० गरी २५ जना प्रदेशसभा सदस्य विजयी भएका छन् । उनीहरुको मतभार १२०० हुन्छ । संघीय समाजवादीको प्रत्यक्षमा २० र समानुपातिक ९ गरी २९ जना प्रदेशसभा सदस्यले जितेका छन् । उनीहरुको मतभार १३९२ हुन आउँछ।

त्यसैगरी स्थानीय तहमा कांग्रेसका ८१ जना मतदाताको २३७० मतभार, राजपाको ५५ जना मतदाताको २१९० मतभार, संघीय समाजवादी फोरमको ५१ मतदाताको २३१० मतभार छ । यसरी लोकतान्त्रिक गठबन्धनको मतभार ६८८८ हुन आउँछ । प्रदेश २ मा राष्ट्रियसभा जित्न २५५१ मतभार ल्याउन आवश्यक छ।

प्रदेश ३
एमालेका प्रदेशसभामा प्रत्यक्षतर्फ ४२ र समानुपातिकतर्फ १६ जनाले जितेका छन् । उनीहरुको कुल मतभार २७८४ हुन आउँछ । स्थानीय तहमा प्रमुख र उपप्रमुख गरी एमालेका १३३ जना मतदाता छन् । स्थानीय तहको मतभार २३ सय ९४ हुन आउँछ । एमालेको कुल मतभार ५१ सय ७८ हुन्छ।

माओवादी केन्द्रको प्रत्यक्षमा १५ र समानुपातिकमा ८ गरी २३ जना प्रदेश सदस्य छन् । तिनीहरुको मतभार ११०४ हुन आउँछ । स्थानीय तहमा ३३ जना प्रमुख–उपप्रमुख छन् । उनीहरुको मतभार ५९४ हुन आउँछ।

प्रदेश ३ मा वाम गठबन्धनको ६८७६ मतभार हुन आउँछ । प्रदेश ३ मा जित्नेले २३५६ मत ल्याउनुपर्नेछ ।
त्यसैगरी कांग्रेसका प्रत्यक्षमा ७ र समानुपातिकमा १४ गरी २१ जनाले प्रदेशसभामा जितेका छन् । उनीहरुको कुल मतभार १००८ मत हुनेछ । स्थानीय तहमा कांग्रेसका प्रमुख–उपप्रमुख गरी ६७ जना छन् । उनीहरुको कुल मतभार १२०६ हुन आउँछ । प्रदेश ३ मा विवेकशील साझा, नयाँ शक्ति, राप्रपाले कांग्रेसलाई मत दिएमा कांग्रेसको कुल मत २५ सय ८ मत हुन आउँछ । यस प्रदेशबाट राष्ट्रियसभामा जित्न २३८० मतभार ल्याउनुपर्नेछ।

प्रदेश ४
प्रदेश ४ मा एमालेको प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी २७ जना प्रदेश सदस्य रहेका छन् । उनीहरुको प्रतिव्यक्ति ४८ मतले गुणन गर्दा १२९६ मतभार हुन आउँछ । स्थानीय तहमा एमालेको प्रमुख र उपप्रमुख गरी ७० जना छन् । प्रतिव्यक्ति १८ का दरले गुणन गर्दा १२६० मतभार हुन आउँछ।

त्यसैगरी माओवादीको प्रत्यक्षमा ९ र समानुपातिकमा ३ गरी १२ जना प्रदेशसभा सदस्य छन् । स्थानीय तहमा रहेका १२ जनाको मतभार ७९२ हुन आउँछ । वाम गठबन्धनको मत कुल ३३४८ हुनेछ।

यस प्रदेशमा कांग्रेसका प्रत्यक्षमा ६ र समानुपातिकमा ९ गरी कुल १५ सदस्य छन् । उनीहरुको मतभार ७२० हुन आउँछ । स्थानीय तहमा कांग्रेसका प्रमुख–उपप्रमुख गरी ८० जनाले जितेका छन् । उनीहरुको मतभार १४४० हुन आउँछ । प्रदेश ४ मा कांग्रेसको कुल मतभार २१६० छ । प्रदेश ४ बाट राष्ट्रियसभामा जित्नका लागि १४१६ मत ल्याउनुपर्नेछ ।

प्रदेश ५
प्रदेश ५ मा एमालेले प्रत्यक्षमा २८ र समानुपातिकमा १३ गरी ४१ जना प्रदेशसभा सदस्य जितेको छ । प्रतिव्यक्ति ४८ का दरले मतभार १९६८ हुन आउँछ । त्यसैगरी स्थानीय तहमा एमालेका ९० जना मतदाता छन् । उनीहरुको मतभार १६२० हुन्छ । यसरी एमालेको कुल मतभार ३५८८ छ।

माओवादी केन्द्रको प्रत्यक्षमा १६ र समानुपातिकमा ६ गरी २२ जना प्रदेशसभा सदस्यले जितेका छन् । उनीहरुको मतभार १०५६ हुन्छ । स्थानीय तहमा माओवादी केन्द्रका ४० जना मतदाता छन् । उनीहरुको मतभार ७२० हुन्छ । यो प्रदेशमा वाम गठबन्धनको ५३६४ मतभार हुन आउँछ।

कांग्रेसको प्रत्यक्षमा ५ र समानुपातिकमा १२ गरी १७ जना प्रदेशसभा सदस्य छन् । उनीहरुको मतभार ८१६ हुन्छ । स्थानीय तहमा ६६ जना मतदाता छन् । उनीहरुको ११८८ मतभार हुन आउँछ । यस प्रदेशमा कांग्रेसको २००४ मतभार हुनेछ । प्रदेश ५ मा जित्नका लागि एकजनाले २००५ मतभार ल्याउनुपर्नेछ।

प्रदेश ६
प्रदेश ६ मा एमालेले प्रत्यक्ष १४ र समानुपातिक ६ गरी २० जना प्रदेशसभा सदस्य जितेको छ । प्रदेशसभा सदस्यको मतभार ९६० हुनेछ । स्थानीय तहमा प्रमुख र उपप्रमुख गरी ५८ जना मतदाता छन् । उनीहरुको मतभार १०४४ हुन आउँछ।

त्यसैगरी माओवादी केन्द्रले प्रत्यक्षमा ९ र समानुपातिकमा ४ गरी १३ जना प्रदेशसभा सदस्य छन् । उनीहरुको ६२४ मतभार हुन आउँछ । स्थानीय तहमा ५१ जना मतदाता छन् । स्थानीय तहका मतदाताको ९१८ मतभार हुन आउँछ । प्रदेश ६ मा वाम गठबन्धनको ३५४६ मतभार हुन आउने देखिन्छ।

कांग्रेसका तर्फबाट प्रत्यक्षमा १ र समानुपातिक ५ गरी ६ जना प्रदेश सदस्य जितेका छन् । जसको मतभार २८८ छ । स्थानीय तहमा ४१ जना मतदाता छन् । स्थानीय तहको मतदातालाई १८ ले गुणा गर्दा जम्मा १०२६ मतभार हुन आउँछ । यस प्रदेशमा राष्ट्रियसभा जित्नका लागि एकजनाले ११६६ मत ल्याउन आवश्यक छ।

प्रदेश ७
प्रदेश ७ मा एमालेका प्रत्यक्षमा १७ र समानुपातिकमा ८ गरी २५ जना प्रदेशसभा सदस्य छन् । उनीहरुको मतभार १२०० हुन्छ । स्थानीय तहमा प्रमुख र उपप्रमुख गरी ८३ जना मतदाताको मतभार १४९४ हुनेछ । एमालेको कुल मतभार २६९४ हुन आउँछ ।
माओवादी केन्द्रको प्रत्यक्षमा १० र समानुपातिकमा ४ गरी जम्मा २५ जना प्रदेशसभा सदस्य छन् । प्रदेशसभा सदस्यको मतभार ६७२ हुन्छ । स्थानीय तहमा माओवादीको १९ जना मतदाता छन् । उनीहरुको मतभार ३४२ गरी माओवादी केन्द्रको कुल मतभार १०१४ देखिन्छ । वाम गठबन्धनको मतभार ३७०८ हुनेछ।

त्यसैगरी कांग्रेसको प्रत्यक्षमा ४ र समानुपातिकमा ८ गरी १२ जना प्रदेशसभा सदस्य छन् । प्रदेशसभाको मतभार ५७६ हुन आउँछ । स्थानीय तहमा ७४ जना मतदाता छन् । ती मतदाताको मतभार १३३२ हुन आउँछ । यस प्रदेशमा कांग्रेसका १९०८ मतभार हुन आउँछ । यस प्रदेशबाट जित्नका लागि एकजनाले १४२९ मतभार ल्याउनुपर्नेछ।

(यो तथ्यांक पार्टीगत रुपमा सबैले आ–आफ्नो पार्टीलाई भोट दिएमा र कुनै पनि मत बदर नभएमा शतप्रतिशत हुन आउनेछ । मत क्रस भएको खण्डमा केही तलमाथि हुन सक्नेछ । विभिन्न प्रदेशमा गरी जम्मा ५ जना प्रदेशसभा सदस्यले शपथ लिएका छैनन् । ती सदस्यको मतभार घट्नेछ ।) नागरिक न्यूज बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah