'सायद २' को रिलिज मिति तय भएको छ । निर्मात्री दुर्गिश थापाको जन्मदिन छेकोमा आइतबार चैत ४ गतेलाई व्यवसायिक प्रदर्शन मितिको रुपमा निश्चित गरिएको हो । एसएलसी परिक्षाभन्दा दुई साता अघि नै डेट निर्धारण गरिएको निर्माता सुनिल रावलले बताए । ‘एसएलसीलाई मध्यनजर राख्दै डेट तोकेका छौं’ रावलले भने, ‘टीनएज लक्षित फिल्म भएकाले पनि उक्त मिति हाम्रा लागि सान्दर्भिक हुनेछ ।’ पुष्पराज न्यौपाने निर्देशित फिल्ममा सुशिल श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, निशा कार्की, सुनिल रावलको मुख्य भूमिका छ । दुर्गिश फिल्मसले सिनेमाको अन्तराष्ट्रिय रिलिज मिति र राइट विक्रीबारे पनि उल्लेख गरेको छ । नमस्ते इन्टरटेनमेन्टलाई अष्ट्रेलिया राइट १६ लाखमा विक्री गरिएको रावलले बताए । जापानमा सुवास लामिछानेलाई ८ लाख, न्यूजिल्यान्डमा विक्की प्रधानलाई १ लाख, क्यानडामा सुजन कुवँरलाई २ लाखमा विक्री गरिएको उल्लेख छ । उमेश रावलले अमेरिकाको लागि १६ लाखमा राइट खरिद गरेका छन् । पोर्चुगलमा शान्ता रुम्बाले २ लाख, हङकङमा प्रवेश गुरुङले ४ लाखमा राइट खरिद गरेको रावलले बताए । हङकङमा जनवरी २ मा फिल्म प्रिमियर हुँदैछ । ‘थप देशमा विक्री हुँदैछ’ उनले भने । आइतबार जन्मदिन परेकी निर्मात्री थापाले दुर्गिश फिल्मस आगामी प्रोजेक्ट लाउरे निर्माणमा जुटेको बताइन् । ‘यसका लागि सबै तयारी पुरा भएको छ र हामी चाँडै फ्लोरमा जानेछौं’ उनले भनिन् ।
चैत ४ बाट 'सायद २'
सवाल नेपालसंवाददाताआइतबार, १७ मङ्सिर २०७३

चैत ४ बाट 'सायद २'
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०



