२८ वैशाख ०७५ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लम्फू’को अडियो गीतहरु सार्वजनिक भएका छन्।

सोमबार युट्युबमार्फत फिल्ममा समावेश फिल्मका चारवटा गीत सार्वजनिक गरिएको हो। सार्वजनिक चारवटै ‘सँगै जिउने सँगै मर्ने’, ‘तिम्लाई भुलेर’, ‘दोधार दोधारमा’ र ‘सुको छैन यार’ बोलको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
https://youtu.be/Zs8yM1iqVLo

https://youtu.be/SEdB4KdmEy8

दिग्गज धौलारीको शब्द रहेको ‘सँगै जिउने सँगै मर्ने’ बोलको गीतमा अप्सरा घिमिरे र सुरेश लामाको स्वर दिएका छन्। ‘तिम्लाई भुलेर’ बोलको गीतमा प्रमोद खरेलको स्वर तथा युवराज सापकोटाका शब्द समावेश छ। ‘सुको छैन यार’ बोलको गीतमा शिव परियारको स्वर तथा प्रमोद ढुंगानाका शब्द छन्।

https://youtu.be/t-0zy13NenE

‘पपुलर मल्टिमिडिया’को ब्यानरमा निर्माण भएको फिल्ममा शक्तिबल्दब घोरासैनीको लगानी रहेको छ। भूपतिको लेखन रहेको फिल्ममा दीपक बज्राचार्यको छायांकन, हरि सिलवालको सम्पादन रहेको छ।

https://youtu.be/z4MeUZbC3KI

त्यस्तै, ‘दोधार दोधारमा’ बोलको गीतमा दुर्गा खरेलले स्वर दिएकी छन् भने नरेश भट्टराईले शब्द लेखेका छन्। गोपालचन्द्र लामिछाने निर्देशित फिल्म ‘लम्फू’मा सलोन बस्नेत, कविर खड्का, मरिश्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई, कुसुम श्रेष्ठ लगायतको अभिनय रहेको छ। तरकारीवालीको नामले चर्चामा आएकी कुसुम श्रेष्ठ र कवीर खड्काले यसै फिल्मबाट डेब्यु गर्दैछन्।

https://youtu.be/Zs8yM1iqVLo