चलचित्र ‘कान्छी’ फागूण ४ गतेबाट रिलिज हुँदैछ । तर, यो चलचित्रको गीत भने हिट भैसकेको छ । लोकलयमा आधारित चलचित्रको ‘चरी चट्ट परि भुरुरु’ बोलको गीत १ करोड भन्दा बढी पटक हेरिएको छ । चलचित्र रिलिज अगावै गीतसंगीतले यस्तो लोभलाग्दो सफलता कमै मात्र पाउँछन् ।

राजनराज सिवाकोटी र अन्जु पन्तको स्वर रहेको यो गीतमा राजनकै शब्द तथा संगीत छ । यो गीतमा चलचित्रका मुख्यकलाकार दयाहाङ राई, स्वेता खड्का, अनु शाह र भूमिका श्रेष्ठलाई फिचरिङ गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आकाश अधिकारीको निर्देशनमा तयार भएको यो चलचित्रको गीत हिट भएपछि नायिका तथा निर्मात्री स्वेता खड्का उत्साहित छिन् । उनले, चलचित्रको गीतका कारण पनि व्यापारमा फरक पर्ने बताइन् । यो गीतको भिडियोमा बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन छ ।

https://youtu.be/iPCQmI5yTGE