मुम्बई (एजेन्सी)– बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन आफ्नो आगामी फिल्म ‘पन्ने खाँ’ को सुटिङलाई लिएर यतिबेला निकै चर्चामा छिन्। फिल्मको सुटिङ रफ्तारमा चलिरहेकै बेला उनी सुटिङ छोडेर फिल्म निर्माता सुभाष घईलाई जन्मदिनको बधाई दिन घर पुगेकी खबर बाहिरिएको छ।

सुभाष घई गत जनवरी २४ मा ७३ वर्ष प्रवेश गरेका थिए। जन्मदिनमा उनले ऐश्वर्यालाई निम्तो गरेका थिएनन्। तर, उनी घईलाई पनि जानकारी नदिई सिधै उनको जन्मदिनको पार्टीमा पुगेकी थिइन्।

ऐश्वर्याको केही वर्षयता कुनै फिल्म रिलिज भएको छैन्। तर, उनी २०१८ सालको सुरुवात सँगै फिल्मको सुटिङमा व्यस्त छिन्। ऐश्वर्याले सुभाष घईले निमार्ण गरेको फिल्म ‘ताल’ मा सन् १९९९ मा अभिनय गरेकी थिइन्।

घईले आफ्नो ट्विटर अकाउन्टमा ऐश्वर्याले जन्मदिनको दिन आफूलाई आश्चर्यचकित पारेको भन्दै लेखेका छन्, ‘तपाईको नजिकका साथीले जब तपाईलाई सरप्राइज दिन्छन्, त्यतिबेला निकै खुसी लाग्ने रहेछ। मेरो मनपर्ने नायिका ऐश्वर्याले जन्मदिनमा पार्टीमा आएर बधाई दिइन्।’ सुभाषले ऐश्वर्यासँग खिचेको तस्बिर पनि सार्वजनिक गरेका छन्, जसमा ऐश्वर्या निलो साडीमा सजिएकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah