नयाँ दिल्ली (एजेन्सी)– बलिउड नायिका दीपिका पादुकोणले आफ्नो ‘लभ–अफेयर्स’ लाई लिएर पहिलो पल्ट मुख खोलेकी छिन्। उनले भारतको एउटा टेलिभिजनलाई हालै दिएको अन्तर्वार्तामा आफू एक्ली हो वा विवाह भइसकेको भन्ने विषयमा जानकारी दिन अस्विकार गरेकी छिन्।

उनले भनिन्, ‘यो स्तरसम्म कसैको विषयमा जानकारी राख्नु राम्रो होइन्। म सिंगल छु कि विवाहित यसले के महत्व राख्छ र!’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘पद्मावत’ को रिलिजलाई लिएर विवाद चुलिएको बेला उनी मिडियासँग बोल्न बच्दै आइरहेकी थिइन्। फिल्मको विषयलाई लिएर उनलाई धेरैले धम्की दिएका थिए। तर, अहिले फिल्मको राम्रो कमाईपछि दीपिकाले मिडियासँग खुलेर कुरा गर्न थालेकी छिन्।

यही वर्षको सुरुवातमा मिडियामा खबर सार्वजनिक भएको थियो, उनी नयाँ वर्षको छुट्टिका लागि परिवारसहित माल्दिभ्स पुगेकी थिइन्, जहा उनको रणवीर सिंहसँग विवाहको कुरा छिनोफानो भइसकेको छ।

हल्ला यतिसम्म चलेको थियो, दीपिका आफ्नो जन्मदिन जनवरी ५ मा ‘इंगेजमेन्ट’ गर्देछिन्। पछि सबै खबर झुटो सावित भयो। तर, आफूहरू बीचको प्रेम प्रसंगको विषयमा दुबैले कुनै खण्डन गरेका छैनन्।