काठमाडौं- करिश्मा मानन्धर, जो फिल्म क्षेत्रबाट तीन वर्षअघि राजनीतितिर लागिन्। नयाँ शक्ति पार्टीकी नेतृ मानन्धरले जीवनका २७ वर्ष नेपाली फिल्ममा बिताइन्, त्यो पनि ‘हिरोइन’का रुपमा।

उनले जीवनमा जे गरिन्/गरिरहेकी छिन्, ती दुवै हुर्किँदाखेरिको जीवनमा देखिने सपनाभन्दा बाहिर छन्। अर्थात्, आम मान्छेले देख्ने सपनाभन्दा फरक।

त्यसैले त करिश्मालाई जिन्दगी ‘फिल्म’ लाग्छ। ‘फिल्म बरु जिन्दगीसँग नजिक हुन्छ जस्तो लाग्छ,’ उनले केही समयअघि भनेकी थिइन्।

काठमाडौँ, बत्तीसपुतलीकी १४ वर्षीया बुनु केसीलाई फिल्म के हो, थाहा थिएन। उनका छिमेकी प्रकाश अधिकारी फिल्मका लागि ‘ट्राई’ गरिरहेका थिए। बुनुमा अधिकारीले हिरोइनका गुण देखे। प्रकाश थापाले निर्देशन गर्ने फिल्म ‘सन्तान’का लागि अञ्जली श्रेष्ठ र अधिकारीले आफूसँग बुनुलाई लिएर स्क्रिन टेस्ट गराए। बुनु छानिइन्।

फिल्ममा अभिनय गर्ने भएपछि बुनु करिश्मा भइन्। करिश्माको करिश्मा (आकर्षक व्यक्तित्व) ले फिल्म क्षेत्रमा लामो समय जादु छरिरह्यो। त्यसैले करिश्मा अचेल कुनै व्यक्तिको नाम नभई ‘नेपाली हिरोइन’को पर्यायवाची शब्द जस्तै बन्यो। नेपाली फिल्ममा २७ वर्षसम्म हिरोइनका रूपमा आफूलाई टिकाइराख्ने एक्ली अभिनेत्री हुन् उनी।

आजपर्यन्त उनमा यथावत् सौन्दर्य र ऊर्जाको धेरैले प्रशंसा गर्छन्। उनको ठाँटबाँट भव्य छ। त्यसैले कुनै बेला उनी गार्मेन्टमा काम गर्थिन् भन्दा नपत्याउनेको संख्या ठूलो हुन सक्छ। करिश्मा ती दिन सम्झन्छिन्, ‘सिंगल ममलाई सघाउन म स्कुलको छुट्टीमा गार्मेन्टमा काम गर्थें।’

‘पहिला दुई फिल्म ‘सन्तान’ र ‘मायालु’मा मैले अभिनय होइन, क्यारिकेचर गरेँ,’ करिश्मा भन्छिन्। निर्देशकको ‘आज्ञा शिरोपर’ गर्दागर्दै दुइटा फिल्ममा हिरोइन भइसकेपछि करिश्मालाई फिल्मको अफर बढेको बढ्यै हुन थाल्यो।

करिश्माले दुःख जानेको मात्रै होइन, झेलेकी थिइन्। सफल हुन सम्बन्धित क्षेत्रमा दुःख गर्नुपर्छ भन्ने महसुस हुन थाल्यो उनलाई। उमेर परिपक्व भएपछि हिरोइन हुन नाच्न र अभिनय गर्न जान्ने हुनुपर्छ भन्ने बुझिन्। डान्स र अभिनय सिक्न मुम्बई जानुको विकल्प थिएन त्यतिबेला। गरिखाने परिवारकी करिश्माले त्यो ‘एफोर्ड’ गर्न सक्दिन थिइन्। कसैले उनलाई उपाय बताइदियो, ‘प्रेक्षा सरकारलाई बिन्ती चढायो भने सुनुवाइ हुन सक्छ।’ करिश्माले त्यस्तै गरिन्। मुम्बई जान सहयोग पाइन्।

मुम्बईस्थित मधुमति डान्स सेन्टरमा डान्स र अभिनय सिकिन्, सात महिना। यही बीचमा भारतीय फिल्मकर्मी सुनील अग्निहोत्रीका आँखामा परिन् उनी। एउटा सानो भूमिकामा उनले काम गरिन्। सीमित फिल्म बन्ने नेपालमा एकैचोटि फिल्म निर्माणको बाढी आयो। करिश्मालाई मुम्बईसम्म अफरको ओइरो लाग्न थाल्यो। नेपालमा आएर लगातार फिल्ममा काम गर्न थालिन्। राजेश हमालसँगको उनको ‘केमेस्ट्री’ अत्यधिक रुचाउन थालियो। यो सिलसिला एक दशकभन्दा बढी चल्यो। करिश्माका खातामा दर्जनौँ सफल फिल्मका नाम थपिए।

करिश्मा आफ्नो सफलताको सूत्र सकारात्मक सोच र धैर्यलाई मान्छिन्। ‘हावा नचले पनि पात हल्लाइने’ नेपाली फिल्म क्षेत्रमा आएको प्रवृत्ति, आफ्नै लगानीमा बनाएको फिल्म ‘बाबुसाहेब’ले सहेको घाटाले करिश्माको धैर्य टुट्यो। नेपाली फिल्मप्रतिको सकारात्मक सोचमा पनि तलमाथि हुन थाल्यो। २०६१ सालमा करिश्मा अमेरिका लागिन्। भन्छिन्, ‘आफ्नै फिल्म बनाउँदा तीन वर्ष लाग्यो, त्यसमाथि मैले नेपाली फिल्मको दुनियाँ चोभार नगरकोट, पोखराभन्दा पर पुग्ने अवसरै नपाउने भएँ जस्तो लागेर अमेरिका गएँ।’

धेरैको जस्तो पैसा कमाउन अमेरिका पसेको भन्दा पनि ‘रिफ्रेस’ हुनका लागि फिल्म दुनियाँबाट टाढिएको उनको दाबी हुन्छ। केही वर्ष करिश्मा अमेरिकामै बसिन्। धेरै कलाकार केही महिना निरन्तरता टुट्नेबित्तिकै बिर्सिइन्छन् तर करिश्मालाई पाँच वर्षसम्म पनि नेपाली फिल्म क्षेत्रले बिर्सेन। फेरि उनको उत्तिकै सक्रियता दोहोरियो।

उनले फिल्म क्षेत्रमा २७ वर्ष बिताइन्। त्यो पनि मुख्य भूमिकामै अभिनय गरेर।

करिश्मालाई दुई वर्षअघि फिल्ममा आफ्नो योगदान पुग्यो जस्तो लाग्यो। बाँकी जीवन राजनीतिमा लागेर सेवा गर्ने रहर जाग्यो। त्यसैले यतिबेला उनी फेरि संघर्षमै पुगेकी छिन्। एक सफल अभिनेत्री उनी संघर्ष सफल नेतृका लागि गरिरहेकी छिन्। नेपाल लाइभ बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah