नयाँ दिल्ली (एजेन्सी)– मलयालम अभिनेत्री प्रिया प्रकाश वारियर एउटै भिडियोका कारण राता–रात चर्चित भएकी छिन्। उनको भिडियो भाइरल भएको छ। भाइरल भएको गीतलाई लिएर विवाद पनि सुरु भएको छ। गीतको शब्दलाई लिएर आपत्ति जनाउँदै आन्ध्र प्रदेशको हैदरावादमा धार्मिक समूहले उजुरी दर्ता गराएका छन्।

प्रिया प्रकाशलाई लक्षित नभई गीतको शब्दलाई लिएर उजुरी दायर गरिएको प्रहरीले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

को हुन् प्रिया प्रकाश

प्रिया प्रकाश १८ वर्षीय युवती हुन्, जो विकम पहिलो वर्षमा अध्ययनरत छिन्। केरलको त्रिशुर निवासी प्रिया मलयालम फिल्म ‘अरु आदर लव’ फिल्मको गीत ‘मानिक्य मलाराया पूवी’ मा पहिलो पटक देखिएकी हुन्। फिल्म रिलिज नहुँदै सार्वजनिक भएको गीतमा उनले आँखा झिम्क्याएको दृश्य भाइरल भएपछि उनको चर्चा चुलिएको छ। इन्स्टाग्राममा मात्र उनलाई ६ लाखले फलो गरिसकेका छन्। योसँगै उनी काइली जेनर र क्रिस्टियानो रोनाल्डोजस्ता हस्तीहरूको बराबरीमा पुगिसकेकी छिन्।

प्रियाले एउटा अन्तर्वार्तामा भनेकी छिन्, ‘भिडियो भाइरल भएपछि मेरो जीवन नै परिवर्तन भएको छ। फिल्मको रोमान्टिक गीतका लागि मेरो निर्देशक चाहन्थे, मैले आफ्नो आइब्रोबाट केही नयाँ कमाल गरुँ। मलाई ‘एक्सप्रेसन’ मार्फत प्रेमको स्वीकारोक्ति गर्नुपर्ने थियो। मलाई जे भनिएको थियो, मैले गरेर देखाएँ।’