आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ को महत्वपूर्ण खेलमा क्यानडालाई सनसनी पूर्ण जीत निकालेसगै नेपाली क्रिकेटको प्रशंसा भइरहेको छ । जीतसँगे नेपाल विश्वकप छनोटमा पुगेको छ ।

जीतपछि नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले करण केसी र सन्दीप लामिछानेले अन्तिम विकेटका लागि गरेको साझेदारीबारे आफूसँग बोल्ने शव्दनै नभएको बताएका थिए । सामाजिक सञ्जाल ट्वीटरमा पारसले इमान्दारीता, कडा मिहेनत र लगनशीलतापछि चमत्कार भएको छ । सबै फ्यानलाई धन्यवाद ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै नेपाली क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले सबैलाई धन्यवाद भन्दै ट्वीटरमा लेखेका छन्,‘यो नेपाली क्रिकेटका लागि ठूलो दिन हो, सवै समर्थकलाई धन्यवाद, नेपाली क्रिकेटलाई माया गरिरहनु होला ।’

त्यस्तै जीतका नायक करण केसीले खेलको रोमाञ्चकता व्यक्त गर्न नसक्ने बताएका छन् । उनले ट्वीटरमा भने,‘खेलमा कति रमाइलो भयो त्यो व्यक्त गर्न सक्दिन । अब हाम्रो सपना पूरा भएको छ । साथ र समर्थन दिने सवैलाई धन्यवाद  ।’