सहबान अन्सारी (नवलपरासी)

नेपाली साङगीतिक क्षेत्रमा पहिचान बनाउन सफल भएकी आधुनिक महिला गायीका सरु गौतम उत्कृष्ट महिला आवार्डले सम्मानित भएकी छिन

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हिमालयन इन्टरनेशनल नेपाली म्यूजिक अवार्ड २०७४ को आयोजनामा आयोजित कार्यक्रममा उत्कृष्ट महिला अवार्ड हात पारेकी हुन । मलेशियाको राजधानी क्वांलम्पुरमा यही फाल्गुन ४ गते अवार्ड बितरण कार्यक्रम सम्पन्न गरिएको थियो ।

सरुको आफ्नै शब्द रहेको ‘के यो माया हो’ बोलको गीत हिमालयन ईन्टरनेशनल नेपाली म्युजिक आवार्ड २०७४ को नोमिनेशनमा पर्न सफल भएको थियो ।

गायीका गौतमले आम नेपाली दर्शक,श्रोता,सुभचिन्तक लगायत आफुलाई सहयोग गर्ने सम्पुर्ण संगित प्रेमी प्रति आभार ब्यक्त गरेकी छिन ।

गायन क्षेत्रमा निरन्तर सहयोग पुर्याउदै आएकी सरुले आफ्नो सु-मधुर आवाजले"साईला मेरो साईला ,तिम्रो र मेरो सम्बन्ध छुटयो,किन रुन्छ मेरो मन,काग दाजै काग दाजै" लगायत गितहरु बाट आफ्नौ स्थान कायम गर्दै सरुले को आफ्नै शब्द रहेको " के यो माया हो"बोल को गित निकै चर्चा पाएको थियो।

सरुले आफुलाई आगामी दिनहरुमा नेपाली कलाकार प्रति साथ र सहयोगको अपेक्षा समेत गरेकी छिन ।

सरुले निरन्तर साङ्गितक यात्राको क्रममा आफ्नो पाईला टेक्दै फेरी अर्को नयाँ गित बाजारमा ल्याऊने तयारीमा रहेकी छिन ।

प्रव बर्तौलाको शब्दमा" मैले सास फेर्दा तिम्रो धडकन चलोस्" बोलको गितमा दिपक शर्माको संगित तथा सरु गौतमकोआवाज सजिएको गितमा साथ दिएका छन उनको आफ्नै भाई सरोज गौतमले।