प्रकाश योगी मलेसिया को क्वालालम्पुर मा भर्खरै सम्पन्न हिमालय अन्तरास्ट्रिय म्युजिक अवार्ड २०१८ सम्पन्न भएको छ ।विविध १८ बिधा का विभिन्न कलाकार ले उत्कृष्ट अवार्ड हात पारेका छन । पछिल्लो समय मा देश बिदेश का कार्यक्रम मा ब्यस्त लोकदोहोरी गायिका रीतु तामाङ ले `ज्यान माया´ लोक दोहोरी गीत महिला आवाज बाट उत्कृष्ट गायिका को अवार्ड पाउन सफल भएकी छिन ।
अवार्ड को बिषयमा बोल्दै गायिका मोडेल रितु तामाङ भन्छिन: यो मेरो निरन्तर दुख का साथ गरेको संघर्ष को फल र दर्शक श्रोता को अपार माया ले गर्दा हो । म नेपाली गित संगीत मा निरन्तर संघर्ष गरि रहेने छु । अहिले गायिका मलेसिया का विभिन्न सांगीतिक कार्यक्रम मा ब्यस्त छिन केही दिन को सांगीतिक कार्यक्रम सकेर नेपाल फर्किने गायिका तामाङ ले बताइन । उन ले हात पारेको उत्कृष्ट महिला आवाज को ज्यान माया गीत हेर्न यो लिंक खोल्नु होला ।



