नाम : अमिताभ बच्चन
जन्म मिति : ११ अक्टोबर १९४२, इलाहाबादल
उमेर : ७६ वर्ष
४९ वर्षदेखि चलचित्रमा काम गरेको अनुभव, झण्डै २०० चलचित्र
भषा : हिन्दी, अंग्रेजी, पञ्जाबी, बंगाली
उचाई : ६ फिट २ इन्च …यो उचाईले कुनै अप्ठ्यारो होला र !!!

अभिनेता अमिताभ बच्चनले आफ्यो यो रिज्युम (बायो डेटा, व्यक्तिगत विवरण) ट्वीटर र इन्स्टाग्राममा पोस्ट गरे, त्यसको शिर्षक ‘जब एप्लिकेशन ।’

त्यसो भए अमिताभ बच्चन जागिरको खोजीमा छन् त ? जवाफ उनकै पोस्टमा रहेको छ ।

अमिताभले यो पोस्टसँगै एक अंग्रेजी पत्रिकामा छापिएको समाचारको कटिङ पनि पोस्ट गरेका छन् । जसमा लेखिएको छ, अभिनेत्री दीपिका पादुकोण र कटरिना केफको उचाई अभिनेता शाहिद कपूर र आमिर खानको भन्दा धेरै भएकाले उनीहरुलाई एकसाथ काम गराउन निर्देशकलाई अप्ठ्यारो भइरहेको छ।


पत्रिकाले स्रोतलाई उद्धृत गर्दै चलचित्र पद्यावतको सुटिङ्गको क्रममा निर्देशक संजय लीला भंसालीलाई यस्तो चुनौती आएको थियो कि, अभिनेता शाहिदलाई अभिनेत्री दीपिका भन्दा अग्लो कसरी देखाउने भन्ने।

यस्तै चुनौती ठग्स अफ हिन्दुस्तानको सुटिङ्गको क्रममा पनि आएको छ । जसमा आमिर खान कटरिना केफ अग्ली छन् । यो चलचित्रमा अमिताभ बच्चन पनि रहेका छन् ।

अमिताभले यहि समाचारको मजाक उडाउँदै यस्तो पोस्ट गरेका हुन् । उनले जब एप्लिकेशन वाला पोस्टको अन्तिममा उचाइले कहिले समस्या नहुने उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा अमिताभको पोस्टलाई धेरैले मनपराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah