काठमान्डाैं । नेपाली चलचित्र बजारले अाफ्नाे क्षेत्रमा अहिले नाम कमाउदै छ पछिल्लो समयमा निर्माण हुने नेपाली चलचित्रहरु निकै मेहनेत गरेर राम्रो कथा बस्तुमा बन्न थालेका छन् र बजार पनि लिदै छन् यसै क्रममा नेपालि चलचित्र “खुल्ला अाकाश” पनि नेपाली बजारमा आउने भएको छ ।

अार. टि.अाइ. एड इन्टरनेसनल नेपालकाे प्रस्तुतिमा निर्माण भएकाे नेपाली कथानक चलचित्र “खुल्ला अाकाश” काे सम्पुर्ण छायाङ्कन कार्यपुरा भइ धमाधम सम्पादन भइरहेकाे छ । यस चलचित्रकाे निर्देशन संस्थाकै स्थायी समीति सदस्य ज्ञानेन्द्र काेइरालाले गरेका छन् ।

चलचित्रमा जीवन थापा,आइ.पि.आचार्य,सबिना तामाङ,रिता दाहाल , झमक खनाल ,खड्ग भट्टराई ,तिलक रिजाल , सृजना भट्टराई ,पुर्ण भुजेल, निरा भट्टराई ,केशव निरौला तथा ज्ञानेन्द्र काेईराला लगायतको मुख्य भुमिका रहेको छ ।

लामाे समय देखि सुचनाकाे हक तथा एकीकृत विकासका लागि कार्यरत संस्था अार. टि.अाइ. एड इन्टरनेसनल नेपालले देशकाे समसामयिक स्थिति र विद्यमान सामाजिक परिवेशमा अाधारित  यस चलचित्रकाे निर्माण गरेको हाे । उक्त चलचित्र भोजपुरकाे अरुण गा.पा.मैदाने,याकु ,र धनकुटा, हिले ,उत्तरपानी लगाएत बिभिन्न स्थानमा छायाङ्कन गरिएको कलकार जीवन थापाले जानकारी दिए ।

चलचित्रमा संस्थाका केन्द्रीय अध्यक्ष जीवन थापा ‘क्षितिज ‘काे कथा र पटकथा तथा संवाद बि.एन. ढकालकाे रहेकाे छ। सो चलचित्रमा तिलक रिजालकाे छायाङ्कनमा,नबिन निराैलाकाे सम्पादन रहेकाे छ । ” खुल्ला अाकाश”का मुख्य निर्माता समाजसेवी तथा अार. टि.अाइ. एडका संस्थापक पुर्ण भुजेल रहेका छन् भने अन्य निर्माताहरुमा गोपाल विष्ट ,कर्ण नेपाली, दीपक थापा र केशव निरौला रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah