फाल्गुन १३, काठमाडौं । नेपाल आइडलका टप थ्रीलाई प्रत्यक्ष भेट्ने मौका यसपाली जापानमा रहने नेपालीले चुकाउने भएका छन् ।

नेपाल आइडलका विजेता बुद्ध लामा, फर्स्ट रनअरअप निशान भट्टराई, सेकेण्ड रनअरअप प्रताप दासको सहभागितामा हुने भनिएको ‘हिमालय ल्होसार नाइट’ कार्यक्रय रद्द भएपछि उनीहरुलाई भेट्ने अवसर उनका फ्यानहरुले गुमाएका छन् । भिसा उनीहरूका लागि बाधक बनेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विश्व टुरमा निस्किएका नेपाल आइडलका बुद्ध, प्रताप र निशानलाई जापान प्रेवश गर्न भने जापान सरकारले रोकिदियो ।

आयोजक गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको एक सदस्यका अनुसार कलाकारको भिसामा समस्या देखिएपछि अन्तिममा आएर ‘हिमालय ल्होसार नाइट’ कार्यक्रम स्थगित हुन पुगेको हो ।

बुद्ध, प्रताप र निशानसँगै नेपाल आइडलका प्रतिस्पर्धी सन्ध्या जोशी, केन्जलमेहर श्रेष्ठ, मोडल एलिशा राई, उद्घोषक सुशिल नेपाल पनि जापान अाउने तयारीमा रहेका थिए ।

आयोजक एनआरएनए जापानले भने विज्ञप्ति निकाल्दै समय अभावका कारण कार्यक्रम स्थगित गर्न बाध्य भएको बताएको छ । आपतकालीन राहतकोष (जापानमा बस्ने नेपालीहरूमा भइपरी आउँदा खर्च गरिने कोष) अभिवृद्धिका लागि हुने भनिएको कार्यक्रमको तयारी तथा व्यवस्थापनका लागि समय अभाव भएको भन्दै आयोजकले कार्यक्रम स्थगन गर्न परेको विज्ञप्तिमा भनेको छ ।

कार्यक्रम जापानका प्रमुख शहर टोकियो, नागोया र फुकुओका लगायत अन्य शहरहरुमा पनि हुने तयारी थियो